काठमाण्डौ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार दिउसो थप ६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसरी थपिने संक्रमितहरुमा महोत्तरी २ जना पुरुष, बाराका ५ जना, रौतहटका २१ जना पुरुष तथा १ महिला, सिराहाका ५ जना पुरुष, धनुषाका १ जना , रुपन्देहीका १ जना , कपिलबस्तुका २ बर्षीया बालिका सहित २६ जना, गुल्मीका २ जना पुरुष , अर्गाखाचीका २ जना पुरुष, कैलालीका १ जना पुरुष, अछामका १ जना पुरुष, स्याङ्जाका २ जना पुरुष, सुर्खेतका ११ जना पुरुष तथा १ महिला, बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।
उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका ४६ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।
नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन्। जसमध्ये १ सय २४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ।