पोखरा । पोखरा महानगर पालिकाले पोखरा महानगरलाई ‘नीला तालहरु, समृद्ध संस्कृति, सुरक्षित सहरः वैज्ञानीक दृष्टिकोण, उत्थानशील तथा समावेशी भौतिक पूर्वाधार’ विकासका नीतिहरु तय गरिएको जनाएको छ ।
पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले सातौ नगर सभामा आर्थिक वर्ष २०७७÷०७८ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन । उनले भनेका छन–“पोखरा महानगरपालिकाले अवलम्बन गरेका ७ वुँदे मार्ग निर्देशक सिद्धान्तमा आधारित रहेर विकासको नयाँ मोडल अघि सारेको छु ।”
आर्थिक आधुनिकरण, सहकारी तथा निजी क्षेत्रको सवलीकरण, जनशक्ति विकास तथा ज्ञानमा आधारित जैविक तथा हरित अर्थतन्त्र सहितको दिगो विकास, सुशासन तथा संस्थागत संरचना सहितको सामाजिक विकास र सन्तुलित पर्यावरण, समावेशी तथा उत्थानशील पूर्वाधार गरि ४ वटा सिद्धान्तमा आधारित रहँदै विकासको मोडल तयार पारेको मेयर जिशीले उल्लेख गरेका छन ।
निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख जिशीले लैगिंक तथा जातीय समानतासहितको सहभागिता, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा उत्थानशिलता, संघ तथा प्रदेशका नीति तथा कार्यक्रमहरुसँग समन्वय तथा दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण गरि ५ वटा अन्तरसम्बन्धित क्षेत्रहरुलाई ध्यान दिइने जनाएका छन ।