अगस्ट १ देखि नेपाली कतार जान पाउने, यस्तो छ प्रक्रिया

तिलु शर्मा l कोरोनाका कारण कतार फर्कन नपाएका नेपाल तथा विश्वका विभिन्न देशमा रहेका सम्पूर्ण आप्रवासी तथा स्थानीय नागरिकहरू अगस्ट १ देखि कतार प्रवेश गर्न पाउने भएका छन् l कतार सरकारले कोरोनाको कम जोखिममा राखेको ४० देश सहित कोरोना उच्च जोखिममा रहेका अन्य देशहरूबाट पनि कतार आउन पाइने भएको छ l ती ४० देशका नागरिकले एयरपोर्टमा कोरोना परीक्षण पश्चात् लिखित प्रतिबद्धता सहित ७ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्ने छ

सरकारले जारी गरेको सुची अनुसार नेपाल कोरोनाको उच्च जोखिममा परेको छ l यद्धपि नेपालबाट कतार आउन चाहानेहरुले कतार प्रवेशको लागि प्रवेश अनुमति लिएर अगस्ट १ देखि नै आउन सक्ने भएका छन् l इन्ट्री पर्मिट सम्बन्धित कम्पनीको अनुमतिमा कामदार आफैले लिन सक्नेछ l प्रवेश गर्नु पूर्व एक हप्ताको लागि अनिवार्य होटेल बुकिङ गर्नु पर्नेछ l सरकारले क्वारेन्टिनको लागि सीमित होटेलमा बुकिङ खुल्ला गरेको छ भने श्रमिकको हकमा छुट्टै व्यवस्था हुनेछ l यस प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नु पर्नेछ l

कतार प्रवेश गरे पछि अनिवार्य एतराज एप्स डाउनलोड गर्नु पर्नेछ l एयरपोर्टमा कोरोना परीक्षण गरी कतारले जारी गरेको उक्त एप्सलाइ पहेँलो सूचक अर्थात् क्वारेन्टिन बनाइने छ l उक्त एप क्रमिक रूपमा हरियो हुँदै जाने छ भने ६ दिनमा अस्पतालबाट खटिएका डाक्टरहरूले स्वास्थ्य जाँच गर्नेछन् l स्वास्थ्य देखिएमा एपमा पूर्ण हरियो सूचक देखिनेछ र दैनिक कार्यमा फर्कन पाइनेछ l यदि संक्रमण देखिएमा आइसोलेसनमा बस्नु पर्नेछ l ५५ वर्ष माथिकाहरु र अशक्तता भएका, बृद्ध अवस्थाका, विभिन्न रोगले उच्च जोखिममा रहेकाहरू, मधुमेह, उच्च रक्तचाप, गर्भवती महिला लगायत अन्य बिरामीहरू भने आफ्नो घरमा क्वारेनटाइन बस्नु पर्नेछ l कतार बाहिर रहेकाहरुले +974 44069999 मा सम्पर्क गरी थप जानकारी लिन सकिने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button