पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगरका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरका ४ वटा वडाका ३ बालकसहित ११ पुरुष र ४ महिलामा कोरोना देखिएको जानकारी दिएको हो ।
निर्देशनालयले पोखरा १ का ७ वर्षीय बालक, पोखरा ७ का २५, ३०,३४, ३५ र ३८ वर्षका पुरुष , पोखरा १६ का ३३ वर्षीय पुरुष, पोखरा १९ का २ र ७ वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक र ३२ – ३२ वर्षका ३ महिलामा समेत कोरोना पुष्टि भएको जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ३६ पुगेको छ ।