पाेखरा न्यूज । काेराेना संक्रमणबाट पोखरामा उपचाररत एक युवकको ज्यान गएको छ ।
तनहू व्यास ११ का ४० वर्षीय युवककाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा शुक्रबार राति निधन भएकाे हाे ।
प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उनलाई माघ ६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
यो सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या १ हजार ४३७ पुगेकाे छ ।