पोखरा-
उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा दशौं हिसान स्पोर्टस मिट अन्र्तगत भएका टेबुल टेनिस प्रतियोगिताहरु बुधवार सम्पन्न भएका छन ।
सम्पन्न छात्र तर्फको सिंगल्स फाइनल खेलमा बिबेक भुजेल (नेशनल इन्भेन्टििभ) प्रथम भएका छन उनले फाइनलमा शुसन कार्की (ग्लोबल उच्च मावी) लाई पराजित गरे । । यसै गरि छात्र तर्फ सिंगल्सको उपाधी मुना थापा (सृजना उच्चमावी) ले जितिन उनले सविना गुरुङ्ग (ग्लोवल उच्चमावी) लाई फाइनलमा खेलमा पराजित गरिन ।
यसै गरि छात्र डवल्सको उपाधीमा महादेव पहारी र विवेक भुजेल (नेशनल इन्भेन्टिभ) को जोडीले करन चालिसे र रोहित गुरुङ्ग (कास्की मोर्डनाइज्ड) को जोडी लाई पराजित गरे । छात्रा डवल्स तर्फ भने मुना थापा र सजिना पाण्डे (श्रृजना उमावी) ले जिते । उनीहरुको फाइनल प्रतिष्पर्धामा विनिता लामिछाने र तृप्ती क्षेत्री (ग्लोवल) को जोडी लाई पराजित गरे ।
छात्र डवल्स तर्फ संदेश पन्त र सुजित खत्री (एल ए) तथा अञ्जन खडका र आकाश पौडेल (केफ) ले तेश्रो स्थान हासिल गरे भने छात्रा तर्फ सविना गुरुङ्ग र एलिना तिलिजा (ग्लोवल उमावी) तथा आशुका रंजित र नम्रता जोशी (सगरमाथा) ले प्राप्त गरे । यसरी सम्पन्न टेवुल टेनिसको खेलमा अंकको आधारमा तिन उमावीले उपाधी वांड्ने भएका छन । उपाधी वाँड्ने उमावीमा ग्लोवल, नेशनल इन्भेन्टिभ र श्रृजना उमावी रहेका छन ।
प्रतियोगितामा छाञ सिंगल्स तर्फ ५९ र छात्रा तर्फ २४ जनाले प्रतिष्प्रर्धा गरेको हिसान कास्कीका अध्यक्ष बावुराम पन्तले जानकारी दिए । दशौं हिसान स्पोर्टस् मिट भने पुष ८ गते देखि औपचारिक रुपमा सुरु हुँदैछ भने पुष ११ गते समापन हुँदैछ । कास्कीका ४७ उमावीहरु हिसान कास्कीमा आवद्ध छन भने ६ हजार विद्यार्थी अध्ययनरत छन ।





