पश्चिमाञ्चल ह्याण्डबल टोलीको विदाई, ‘अवको जित शिल्ड कव्जा’

पोखरा-

पुर्वाञ्चलमा आयोजना हुने साँतौ राष्ट्रिय खेलकुदमा सहभागी जान लागेको पश्चिमाञ्चलको पुरुष ह्याण्डबल टोलीलाई वुधवार विदाइ गरको छ । कास्की जिल्ला ह्याण्डबल संघ र कास्की जिल्ला विद्यालय ह्याण्डबल संघले संयुक्त रुपमा विदाई गरेका हुन ।

कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष क्यापटेन जग बहादुर गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष चित्र थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, सचिव टेक गुरुङ्ग, सदस्य ध्वज कुमार गुरुङ्ग र कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारी, सचिव खिम गुरुङ्ग र सदस्य अर्जुन अधिकारी लगाएतले फुल माला अविर लगाएर जितको शुभकामना दिएका थिए । पश्चिमाञ्चलको पुरुष ह्याण्डवल टिमले पाँचौ र छैटौं राष्ट्रिय खेलकुदमा लगातार दुई पटक उपाधी जितिसकेको छ । अव तेश्रो पटक जित हासिल गरि राष्ट्रिय शिल्ड नै कव्जा गर्ने उच्च मनोबलका साथ पुर्वाञ्चल जान लागेको टिम क्पापटेन विशाल वस्नेतले वताए । पुष ११ देखि १४ गते सम्म हुने पुरुष र महिला ह्याण्डबलको पुर्व तयारीका लागि ४ दिन अघि नै पुर्वाञ्चल जान लागेको टिमका प्रशिक्षक भिमसेन शाक्यले बताए । महिला टोली भने पुष ९ गते पोखरा बाट प्रस्थान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button