
खेलकुदले भाइचार बढाउने र अनुशासन सिकाउने–क्षेत्रिय प्रशासक, बराल
पोखरा-
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट शुक्रवार बाट औपचारिक रुपमा सुरु भएको छ । दशौ हिसान कास्की स्र्पोट्स मिट अन्र्तगत बास्केटबल छात्र तर्फको उदघाटन खेलमा ग्लोबल उमावी विजयी भएको छ । ग्लोबलले टप्स उमावीलाई ३०–२१ स्कोरले पराजित गर्यो ।
त्यसै गरि अन्य खेलमा न्यू ग्यालेक्सीले गोल्डेन फ्युचरलाई ५४–३८, कास्की मोर्डनाइज्डेले स्टेप वाइ स्टेपलाई २७–१६ ले, पोखरा युनाइटेडले न्यु ऐरालाई २६–१५ ले पोखरा उच्च मावी ले स्पाइरल ग्यालेक्सीलाई ३९–१९ ले र न्यु डायमन्डले नेपाल आर्दशलाई २५–१० स्कोरले पराजित गर्यो ।
यसैगरि आजै सम्पन्न छात्रा तर्फको भलिवल खेलमा भलिवल तर्फका खेलमा स्पाइरल ले पोखरा उमावीलाई २५–१०, २५–१५ को सोझो सेटमा पराजित गर्यो । त्यसै गरि अन्य खेलमा डायमन्डले नेपाल टुरीजम होटल म्यानेजमेन्टलाई २५–१६, २५–१२ ले, हिल पोइन्टले कास्की मोर्डनाइज्डलाई २५–१०, २७–२९ र १८–२५ ले मदर लेण्डले जेसिए लाइ २५–१७, २५–९ ले र न्यू ग्यालेक्सीले लिटिल स्टेपलाई २६–२४, २६–१७ को सोझो सेटमा पराजित गरेको छ ।
छात्र तर्फको भलिवल खेलमा लिटिल स्टेपले पश्चिमाञ्चललाई २५–२०, २५–१३ ले, स्पाइरलले ग्लोवल लाई २५–६, २५–६ ले नेपाल आर्दशले डायमन्डलाई २५–२०, २६–२४ ले न्यु मोडलले करुणानिधी उमावीलाई २५–२१, २६–२८ र २२–२५ सेटले पराजित गरे । प्रतियोगिताहरु भेली पनि जारी रहने भलिवल प्रतियोगिताका संयोजक दिवाकर जैशीले वताए ।
प्रतियोगिताको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले खेलकुदले एक आपसमा भाइचारको सम्वन्ध वढाउन र अनुशासन सिकाउन सहयोगी भुमिका खेल्ने बताए । उनले खेलकुदलाई जिवन संग जोड्न आग्रह समेत गरे । सो अवसरमा उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का केन्द्रिय अध्यक्ष रमेश सिलवालले उच्च मावी तहमा वर्चश्व रहेको तथ्याकं प्रस्तुत गर्दै सरकारले ल्याएको शिक्षा नियमावलीका केही वुँदाहरु हिसानका लागि मान्य नहुने जिकिर गरे । हिसानले धेरै राष्ट्रिय–अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको उल्लेख गर्दै उनले हिसानले अव केही खेल राष्ट्रिय तहमा नै संचालन गर्ने गरि कार्यक्रम गर्न लागेको जानकारी गराए । अध्यक्ष शिलवालले कास्कीमा हिसान राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना गरिने वताए । हिसान कास्कीका अध्यक्ष बावुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षा बोर्ड पोखराका प्रमुख रुद्र हरी भण्डारी, प्रतियोगिताका संयोजक रमाकान्त बराल लगाएतले बोलेका थिए ।
हिसान कास्कीले आफ्ना सदस्य विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा आपसी मित्रताको अभिवुद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने उद्धेश्यले खेलकुद प्रतियोगिता हरेक वर्ष संचालन गर्दै आइरहेको छ । प्रतियोगिता अन्र्तगत छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा भलिवल र टेवुल टेनिसका खेलहरु संचालन हुनेछन । दशौं हिसान स्र्पोट्स मिटमा टेवुल टेनिसका खेल हरु सम्पन्न भइसकेका छन । प्रतियोगिता पोखरा रंगशालामा पुष ११ गते सम्म संचालन हुनेछ । हिसान कास्कीमा आवद्ध ४७ उच्च मावीमा ६ हजार विद्यार्थी आवद्ध छन ।





