पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले बालयौन दुरुपयोगको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ६ ढाडगाउँका बर्ष १९ का विक्रम विक छन् ।
गोरखा प्रहरीका अनुसार विकले चैत २ गते बिहान ११ बजे गोरखा नगरपालिका वडा नं. ७ खिरेपानीस्थित सार्वजनिक धारामा १५ वर्षकी नाबालिका बालयौन दुरुपयोग गरेका थिए ।
बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएपछि विकलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विकबिरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको गोरखा प्रहरीले जनाएको छ ।