पोखरा न्युज २८, माघ ।
विश्वका होचा व्यत्तिको रुपमा आफ्नो नाम विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरलाई आईतबार काठमाण्डौंमा सम्मानित भएका छन। विश्व सामु नेपालको नाम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाल भारत आदिवासि जनजाति मैत्रि संघले एक समारोहकाबिच आइबार काठमाण्डौंमा खगेन्द्रलाई सम्मान गरेको हो ।
सम्मानपत्रको साथमा दोसल्ला, नगद १० हजार एक सय ५ रुपैया रहेको छ । खगेन्द्रको साथमा खगेन्द्रलाई विश्व कृर्तिमानकायम गर्न सहयोग पुराउने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको संघका अध्यक्ष विनोद कुमार गुरुङले बताए । कार्यक्रममा बोल्दै उनले खगेन्द्र परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने बताए । सम्मान कार्यक्रममा खगेन्द्रका बाबु रुक बहादुर थापालाई समेत खादालगायर सम्मान गरिएको थियो ।
संघका बरिष्ठ सल्लाहकार कृति पाण्डे, सौरव लामा, ललितबहादुर गुरुङ,युग प्रसादधमला, कमलाकुमारी गुरुङ लगायतले खगेन्द्रलाई सम्मान गर्दै खगेन्द्र नेपालकै दु्तको रुपमा रहेकोले उनको पालनपोषणमा राज्यले रेखदेख गर्नुपर्नेमा जोड दिए ।