पोखरा न्यूज- २७, भदौ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ७ सय अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताएका छन् ।
तीजको अवसरमा तनहुको म्याग्दे गाउँपालिका–२ स्थित न्यू भिजन युवा क्लबले आज जामुनेमा आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पुग्ने जिकिर समेत गरे । उनले दुई वर्षभित्र सबै गाउँमा खानेपानी र सबै घरधुरीमा विद्युत् पु¥याइने समेत बताए ।
प्रदेश सरकारले भाषा र संस्कृति उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।