पोखरा न्यूज- १, अशोज ।
पोखराको फिर्केमा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले फोटो फ्रेम उद्योगसंगै प्रिन्ट तथा कलरल्याव समेत संचालनमा ल्याएको छ । केही समय अघि देखि फोटोे फ्रेम उद्योग संचालनमा आए पनि आम उपभोक्ता र शेयर सदस्यको माग अनुसार प्रिन्ट तथा कलरल्याव समेत संचालनमा ल्याएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।
अध्याधुनिक मेसिन सहितको उक्त उद्योग संचालनमा थप ५० लाख लगानी भएको अध्यक्ष पौडेलले जनाए । उक्त उद्योगमा हाल ३० जनाले रोजगार पाएका छन।
उक्त उद्योगको सोमवार एक समारोहका बिच गण्डकी प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख वद्रीनाथ अधिकारीले शुभारभ्भ गर्दै सहकारीको ऋण लिने मानिस कहिल्यै गरिव नहुने बताए । उनले सहकारीको ऋण खाएको मानिस माथि उठ्न नसके त्यस्ता सहकारीको औचित्य समाप्त हुने वताए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, संस्थाका पुर्व अध्यक्ष नवीनराज पौडेल, फोटो ग्राफर संघ पोखराका अध्यक्ष तुल्सीराम सुवेदी, लेखा परिक्षण समितिका संयोजक रुद्रनाथ पौडेल, फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, नारायणहरि अधिकारी, वाग्लुङ फोटो ग्राफर संघका अध्यक्ष नारायण गौतम, पर्वत फोटो ग्राफर संघका अध्यक्ष नारायण वहादुर केसी, उपाध्यक्ष शिवहरि अधिकारी , सचिव टीकाराम पराजुली लगायतले वोलेका थिए ।