डिएनबी, पोखरा न्यूज- १४, असोज ।
“मैले आजसम्म जिबन बिमा गरेकी छैन । ” यो भनाई हो गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनको । सिटिजन लाईफ ईन्स्योरेन्सको नयाँ शाखाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले जिबन बिमाको बारेमा हालसम्म आफुले वास्ता नगरेको बताउदै जिबन बिमा नगरेको खुलासा गरेकी हुन।
उनले भनिन“ मैले अहिलेसम्म जिबन बिमा गरेको छैन, यो कुरा सुन्दा खेरि ओ हो मैले पनि गर्नुपर्र्नेे हो कि भन्ने मेरो दिमाखमा एउटा घण्टी बजेको छ ।” मानिसहरुको लागि जिवन बिमा आवश्यक भएको बताउदै मन्त्री पुनले आफुले पनि जिबन बिमा गर्ने सोच गरेको बताइन ।” गाँउ गाँउसम्म बिमा सचेतना गराउदै बिमा गराउन कम्पनीलाई मन्त्री पुनले आग्रह समेत गरिन ।
व्यक्तिले आफ्ना छोरा छोरीको शिक्षामा र आफ्नो बुढेसकालमा स्वास्थ्य उपचारको लागि रकम जोहो गर्ने परिपाटीले गर्दा भ्रष्टचार गर्ने गरेकोले यसलाई रोक्न राज्यले शिक्षा र स्वास्थ्यमा निःशुल्क गरे भ्रष्टचार न्यूनिकरण हुने मन्त्री पुनले बताएकी छन्। गण्डकी प्रदेशमा स्वास्थ्य र शिक्षा निःशुल्क बनाउ खोजे पनि आर्थिक अबस्थाको कारणले गर्दा हाल कठिन भएको उनले बताइन। गण्डकी प्रदेशमा मृटु, मृगौला र क्यान्सरको अस्पताल बनाउने गरी सम्भाव्यता अध्ययन गरेको मन्त्री पुनले बताइन। मन्त्री परिषदले कुन ठाँउमा उक्त हस्पिटल बनाउने भन्ने निर्णय गरेसंगै त्यसको डिपिआर बनायर अघि बढ्ने मन्त्रालयको योजना रहेको मन्त्री पुनले बताइन।
गण्डकी प्रदेशमा वाल तथा महिलाको बिषेशज्ञ सहितको अस्पताल समेत स्थापनाको योजनामा रहेको उनले उल्लेख गरिन । उनले भनिन“ कोहि बढी खाएर मर्छन भनिन्छ, भने केहि खान नपाएर मर्ने गरेका छन, त्यसैले हाम्रो खानपान जिवन शैलि परिवर्तको निम्ति हाम्रो मन्त्रालयले अब सचेतना जगाउने अभियान संचालन गर्ने तयारी गरेका छौं । ” मन्त्री पुनले शिक्षा र स्वास्थ्य क्षेत्र महङगो हुदै जादा यसलाइ राज्यले निःशुल्क गर्न सके भ्रष्टचार न्यूनिकरण हुने बताईन।
सिटिजन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा ब्राण्ड एम्बेसडर महजोडी मदन कृष्ण र हरिबंश आचार्य, क्षेत्रिय प्रबन्धक सुनिल पोख्रेल, प्रमुख बजार अधिकृत कवि फुयाल, पोखराका शाखा प्रवन्धक छविलाल पौडेल, प्रा.डा. यादव प्रसाद गौडेल, निम्स पोखराका अध्यक्ष केशवराज ढकाल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोस कुमार खनाल, अभिकर्ता अशोक बराल लगाएतले जिवन बिमाको बारेमा चर्चा गरेका थिए ।
सिटिजन लाईफ ईन्स्योरेन्सको ३७ औं शाखा पोखरामा स्थापना भएको हो । संस्थाको चुक्ता पुंजी २ अर्ब ५० करोड रहेको छ भने अधिकृत पुँजी भने ३ अर्ब रहेको संस्थाले जनाएको छ । उक्त बिमा कम्पनीले क्यान्सर, मुटु रोग सम्बन्धि, हृदयघात, ब्रेन टिउमर लगायतका घातक २० वटा रोगहरुको ५० लाख सम्म उपचार हुने गरि बिमा गर्ने भएको पोखराका शाखा प्रवन्धक छविलाल पौडेलले बताए ।
कम्पनीबाट हालसम्म करिब ७५ हजार बढीले बिमा गराएको कम्पनीले जनाएको छ ।