डिएनबी, पोखरा न्यूज- ०१, माघ ।
गण्डकी प्रदेशमा निक्षेप संकलन भन्दा दोब्बर बढी कर्जा लगानी भएको छ । गण्डकी प्रदेशमा १९ खर्ब २७ अर्ब ७३ करोड रुपैया कर्जा लगानी भएको छ भने ८ खर्ब ६६ अर्ब ५३ करोड रुपैया निंक्षेप संकलन भएको छ ।
नेपाल राष्ट्र बैंक अनुसन्धन विभागका निर्देशक हिमप्रसाद न्यौपानेले पोखरामा हालै आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको संघीय संरचनामा आर्थिक गतिविधि बिषयक छलफल कार्यक्रममा गण्डकी प्रदेशमा निक्षेप संकलन भन्दा करिब दोब्बर भन्दा पनि बढी १० खर्ब ६१ अर्ब रुपैया कर्जा लगानी भएको बताएका हुन। गण्डकी प्रदेशका ११ जिल्लामा १० खर्ब ६१ अर्ब २० करोड रुपैयाा भन्दा बढी बाहिरि क्षेत्र अर्थात अन्य प्रदेशबनट यस क्षेत्रमा लगानी भएको उनले जनाए । गण्डकी प्रदेशका ११ जिल्ला मध्य सबै भन्दा बढी कास्की र सबै भन्दा कम कर्जा लगानी मनाङमा भएको छ ।
कास्कीमा ११ खर्ब, ५५ अर्ब ३८ करोड लगानी हुदा मनाङमा भने २ अर्ब ४६ करोड कर्जा लगानी भएको छ । त्यसै गरी कास्कीमा २ सय १७ वटा बैंक तथा वित्तिय संघ सस्ंथाका कार्यालय रहदा ४ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन भएको छ भने मनाङमा ९ वटा बैंक तथा वित्तिय संघ संस्थाका कार्यालयहरु हुदा २ अर्ब ९९ करोड निक्षेप संकलन गर्न सफल भएको छ ।
त्यसै गरी बाग्लुङमा ८५ अर्ब ८३ करोड कर्जा संकलन हुदा ५० अर्ब २ करोड निक्षेप संकलन भएको छ भने ३८ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेका छन् । गोर्खामा ६४ अर्ब २८ करोड कर्जा लगानी हुदा ६८ अर्ब ७५ करोड निक्षेप संकलन भएको छ भने गोर्खामा ३६ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन्। लमजुङमा ७८ अर्ब २६ करोड कर्जा लगानी हुदा २९ अर्ब ९६ करोड निक्षेप संकलन भएको छ भने लमजुङमा ३८ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् ।
मुस्ताङमा ६ अर्ब ५८ करोड कर्जा लगानी हुदा १० अर्ब ८६ करोड निक्षेप संकलन भएको छ भने मुस्ताङमा १३ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् । म्याग्दीमा ५४ अर्ब ४६ करोड कर्जा लगानी हुदा १७ अर्ब ४९ करोड निक्षेप संकलन भएको छ भने २७ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् । वनलपरासी पुर्वमा १ खर्ब २५ अर्ब १ करोड कर्जा लगानी हुदा ४९ अर्ब ९ करोड निक्षेप संकलन भएको छ भने नवलपरासिमा ७३ वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् ।
पर्वतमा ५० अर्ब ३४ करोड कर्जा लगानाी हुदा ३० अर्ब ४२ करोड निक्षेप संकलन भएको छ । जसमा ३१ वटा वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् । त्यस्तै स्याङजामा १ खर्ब २३ अर्ब ७४ करोड कजौ लगानी हुदा ७० अर्ब ७९ करोड निक्षेप संकलन भएको छ भने स्याङजामा ६० वटा वटा बेैंक तथा वित्तिय संस्थाका कार्यालय रहेकाछन् ।