पोखरा । आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई हजार सात सय रुपैयाँले घट्दै एक लाख ३४ हजार पाँच सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजावी सुन एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार छ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।