पोखरा न्यूज – ०३, असोज । लमजुङमा शुक्रबार एक बैङकमा कार्यरत सुरक्षा गार्ड मृत फेला फेला परेका छन् ।
जनता बैङक सेरामा सुरक्षा गार्ड रहेका लमजुङ दोर्दी गाउँपालिका-२ लामिडाडाका ४५ बर्षीय बिर्ता गुरुङ माझिखोलाको भिरदेखी तल खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिहीबार ड्युटी सकेर फर्किएका गुरुङ घरमा नपुगेपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ७ भिरबाट अन्दाजी १ सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।