पोखरा न्यूज –१ , कार्तिक । भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको छ
दशैँ सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट बिहीबार पटका बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । सो पटका राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।