पोखरा न्यूज – १८, माघ । भारतीय महिला फुटबल लिगमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले तीन खेलमै ११ गोल गरेकी छिन् ।
साम्बाकै उत्कृष्ट प्रदर्शनको मद्दतले उनको टोली गोकुलम केरलाले आज भएको खेलमा उडिसा पुलिसलाई ७-० गोल अन्तरले पराजित गरेको छ । खेलमा साम्बाले ५ गोल गरिन् ।
उनले खेलको पाचौं, ५१, ५३, ७४ र ८३ मिनेटमा गरि टोलीको जीतमा पाँच गोलको योगदान दिइन् । यस अघि केन्क्रे एफसीविरुद्धको खेलमा पनि ५ गोल नै गरेकी साम्बाले गोकुलमको पहिलो खेलमा भने १ गोल मात्र गरेकी थिइन् ।
६ टोलीको दुई समुहबीच लिग स्वरुपमा खेलाइने प्रतियोगिताको लिग चरणमा गोकुलमको समुहमा बैङ्गलोर युनाइटेड, विदेश ११, उडिसा पुलिस फोर्स, केन्क्रे र श्रीभुमि रहेका छन् ।