देशको परिस्थितिका कारणले नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता स्थगीत

पोखरा २६, भदौं

देशको परिस्थितिका कारणले गर्दा असोजको पहिलो सात पोखरामा हुने भनिएको नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता हाललाई स्थगीत भएको छ । देशका केहि भागमा विगत केहि समयदेखि आन्दोलन, बन्द हड्ताल र कफ्युसमेत लागेकोले उक्त प्रतियोगिता घोषित मितिमा गर्न नसक्ने भएकोले हाललाई स्थगीत गरीएको आयोजक स्पोट्स फर अल क्लब नेपालले जनाएको छ ।

स्पोट्स फर अल क्लब नेपालका अध्यक्ष लोक बहादुर शाहीको अध्यक्षतामा शनिबार आकस्मिक रुपमा बसेको बैठकले उक्त निर्णय गरेको हो । अर्काे निर्णय नभएसम्मका लागि उक्त प्रतिउयोगिता स्थिगित गर्ने निर्णय भएको अध्यक्ष शाहीले बताए ।

प्रतियोगितामा सहभागी हुने विदेशी एवम् स्वदेशी केहि टिमहरुबाट प्रतियोगितालाई सहज परिस्थित भएपछि मात्र संचालन गर्न उपयुक्त हुने सुझाव आएकोले उक्त प्रतियोगिता हाललाई स्थगीत गरीको शाहीले जनाए ।

३६ औं विश्व पर्यटन दिवसको उपलक्ष्यामा कास्की जिल्ला फुटबल संघ, कास्की जिल्ला महिला फुटबल समिति, कास्की जिल्ला आइस हक्की संघको समन्वयमा उक्त प्रतियोगिता पोखरामा यहि आउँदो असोज ३ देखि १० गतेसम्म आयोजना गर्ने भनि पुर्व घोषणा गरीएको थियो । प्रतियोगिताका लागि अन्तिम तयारीका साथै खेल तालिका समेत प्रकासित भइसकेको क्लवले जनाएको छ । उक्त प्रतियोगितालाई देशमा सहज वातावरण बन्नेवित्तिकै अर्काे मिति तय गरि आयोजान हुने भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button