कलाकार र पोखरेली बुद्धिजिवीबीचको मैत्रिपुर्ण फुटवल खेल बराबरी

पोखरा, २१ कात्तिक

पोखरामा शनिबार सम्पन्न भएको राष्ट्रिय कलाकार र पोखरेली बुद्धिजिवीबीच भएको मैत्रीपूर्ण फुटवल खेल ३÷३ गोलले बराबरीमा टुंगिएको छ । एचआइभी संक्रमितहरुको सहयोगार्थ पोखरा रङ्गशालामा आयोजना भएको उक्त खेल बराबरीमा टुंगिएसंगै देशमा पनि सवैको जित हुनु पर्ने सन्देश दिएको सहभागिहरुले प्रतिकृया दिएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

फेवा व्यवसायी समूहको आयोजना तथा कास्की जिल्ला फुटवल संघको समन्वयमा भएको खेलको पहिलो हाफमा २÷१ को अग्रता लिन सफल कलाकारको टिमले दोश्रो हाफमा अग्रता जोगाउन नसकेपछि बराबरीमै टुंगिएको हो । कलाकारका तर्फबाट कोरियोग्राफर शंकर बिसीले ह्याट्रिक गरे भने पोखरेली बुद्धिजिवीको तर्फबाट पूर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जितले २ र व्यवसायी लालकाजी श्रेष्ठले १ गोल गरे ।

कलाकारका तर्फबाट पुराना नायक धिरेन शाक्यले नेतृत्व गरेका थिए । उनीसहित नृत्य निर्देशक शंकर विसी, कमल मैनाली (गोलकिपर), नायिका तथा हास्य कलाकार दिपाश्री निरौला, नायिका तथा चलचित्र निमात्री झरना थापा, अभिनेता शिव श्रेष्ठ, नायक निखिल उप्रेती, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, नायक रमेश उप्रेती, आइतासिंह गुरुङ र आकाश गुरुङ खेलेका थिए । त्यस्तै, अतिरिक्त खेलाडीको रुपमा नायक तथा गायक प्रशान्त तामाङ, नायक सलोन बस्नेत, विशाल विष्ट, भीम गुरुङ, आर.के.सुवेदी लगायत मैदानमा उत्रिएका थिए ।

पोखरेली बुद्धिजिवीको तर्फबाट एन्फाका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईको नेतृत्वमा टोली उत्रिएको थियो । पोखरेली बुद्धिजिवी टोलीमा क्रिकेट संघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक कोइराला, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व राष्ट्रिय फुटवल खेलाडी आनन्द रञ्जित लगायत मैदानमा उत्र्रिएका थिए ।

नायिका तथा हास्य कलाकार दीपाश्री निरौला र अर्की नायिका झरना थापाले मुस्कीलले वल छुन सफल भएका थिए । उक्त अवसरमा मैत्रीपूर्ण फुटवल खेलको अवसरमा निर्माता सुदर्शन थापाको चलचित्र ‘प्रेम गीत’को अडियो विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल चलचित्र बोर्डका अध्यक्ष राजकुमार राईले अडियो विमोचन गरेका हुन् । सो अवसरमा रेडबुल राष्ट्रिय ए डिभिजन लिग बिजेता टिमका प्रशिक्षक तथा लिगका उत्कृष्ट प्रशिक्षक राजेन्द्र तामाङलाई सम्मान समेत गरिएको थियो । कलाकार र पोखरेली बुद्धिजिवीबीचको फुटवल खेल हेर्न दर्शकहरुको न्युन सहभागिता हरेको थियो । फुटवल हेर्नको लागि ५ सय रुपैयाँ टिकट राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button