मैत्रीपुर्ण क्रिकेट खेलमा बेलायतको मेरीलेबोन माथि पोखरा ११ को जित

दिननाथ बराल
पोखरा, ३० कार्तिक-

वेलायतको मेरीलेबोन क्रिकेट क्लब  माथि पोखरा ११ ले जित हासिल गरेको छ । सोमबार पोखरा रंगशालामा आयोजना भएको मैत्रीपुर्ण क्रिकेट खेलमा दिपेश खत्रिको कप्तानीमा मैदानमा उत्र्रिएको पोखरा ११ ले ५ विकेटले एमसीसी माथि जित हासिल गरेको हो ।

पहिला टस जितेर व्याटिङमा उत्र्रिएको एमसीसीले निर्धारित ४० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २ सय २ रनको योगफल तयार पा¥यो । एमसीसीको तर्फबाट माइृकल कोल्सले सर्वाधिक ६१ रन जोडे भने स्टीप क्लाकले अर्ध शतक पुरा गरे । उनले ५६ रन जोडेका हुन । २ सय ३ रनको लक्ष्य पछ्याएको पोखरा ११ ले ४० ओभरमा ५ विकेटको क्षेतिमा लक्ष्य पुरा गरी जित हासिल गरेको हो । पोखरा ११ को जितमा अनिल गुरुङले ७५ रन जोडे भने शिव सुवेदीले २८, विधान श्रेष्ठले २३ रन जोडेका हुन । एमसीसीका कप्तान निल डेक्सटरले २८ रन जोड्दै २ विकेट लिएका हुन । त्यसै गरी पोखरा ११ का दिपेश खत्रिले २, अमृत गुरुङले २ र विपिन खत्री र जिमी गुरुङले एक एक विकेट लिएका हुन । खेलमा म्यान अफ दी म्याच पोखरा ११ का अनिल गुरुङ घोषित भए ।

विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरीलेबोन क्रिकेट क्लब नेपाल भ्रमण गर्ने शिलशिलामा आईतबार पोखरा आएको हो । विश्वकै पुरानो उक्त क्लवले नेपालमा ६ खेल खेल्दै छ । यस अघि काठमाण्डौमा एक खेल खेलेकोमा पोखरा पछि काठमाण्डौंमै थप ४ खेल खेल्ने भएको मैत्रिपुर्ण खेल संयोजन गरेका प्रशान्त कुंवरले बताए । १९ बर्ष मुनिका खेलाडीहरु सहभागि यु–१९ संग एक खेल, सिनियर टिमसंग एक खेल र नेपाली क्रिकेटको राष्ट्रिय टिमसंग दुई दिवसीय दुई खेल खेल्ने भएको हो । नेपालमा क्रिकेट खेलको सम्भावना देखेर क्रिकेटको प्रवद्र्धन गरी खेल पर्यटनको विकास गर्ने उद्धेश्यले नेपालमा मैत्रिपुर्ण क्रिकेट खेल खेल्न आएको एमसीसीका वोर्ड सदस्य कोलीन मवोरले बताए ।

एमसीसी टिमका व्याबस्थापक माईकल ज्याक्सनले नेपालमा क्रिकेट को धेरै सम्भावना भएको बताउदै नेपाल श्रीलङका १५ बर्ष अघिको अबस्थामा आएको जनाए । आईसीसीले नेपालको क्रिकेट खेलको लागि सहयोग गर्नु पर्ने उनले बताए । अन्तर्राष्ट्रिय स्तरको मैत्रिपुर्ण क्रिकेट खेल हेर्न पोखरा रंगशालामा दर्शकहरुको भने न्युन सहभागिता रहेको थियो ।

कास्कीका क्रिकेटरसंग वेलायतको मेरीलेबोन क्रिकेट टिमसंग मैत्रिप्ुर्ण अन्तराष्ट्रिय स्तरको मैत्रीपुर्ण खेल खेल्न पाउनु निकै ठुलो उपलब्धी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव एवं एम्पाएर संजयकान्त सिग्देलले बताए । बेलायती टोली क्रिकेट खेलको नियमको जन्मदाता पनि हो । पोखरा ११ को टिममा दिपेश खत्री, रिजन प्रजु, विधान श्रेष्ठ, सुमन घिमिरे, सुदिप पौडेल, शिव सुवेदी, अनिल गुरुङ, विपिन खत्री, राजु गुरुङ, चन्द्र कुमार गुरुङ, र अमृत गुरुङ रहेका छन । पोखरा ११ का प्रशिक्षकमा भोज बहादुर गुरुङ रहेका छन भने दिपेन प्रताप चन्द व्याबस्थापकमा रहेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button