राष्ट्रिय भेट्रान्स टेनिस पुषमा

मंसिर ९,पोखरा-
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आउँदो पुष १० देखि १४ गते सम्म राष्ट्रिय भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पस्र्याङ्ग भेट्रान्सको १४ औं संस्करण अबदेखि पोखरा भेट्रान्स राष्ट्रिय खुल्ला टेनिस प्रतियोतिगाको नामबाट शुरु हुन लागेको हो । यस अघि यो प्रतियोगिता पोखराको पस्र्याङ्ग टेनिस कोर्टमा सञ्चालन हुदै आएको थियो । तर यस वर्ष देखि पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा यो प्रतियोगिता सञ्चालन गरिने आयोजक संघले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अग्रज खेलाडी बसन्त प्रधानको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिताको सह–संयोजकमा राजकुमार घिमिरे रहेका छन् । त्यसैगरि आर्थिक उप–समिति संयोजकमा विकास गुरुङ, अतिथि स्वागत सत्कार उप–समिति संयोजकमा दोर्जे लामा, खेल मैदान व्यवस्थापन उप–समिति संयोजकमा निरज थापा, प्रचार प्रसार उप–समिति संयोजकमा नविन चालिसे, प्राविधिक उप–समिति संयोजकमा राजन पौडेल, मञ्च व्यवस्थापन उप–समिति संयोजकमा प्रिति बराल, पुरस्कार तथा मायाको चिनो उप–समिति संयोजकमा राजु गुरुङ्ग, मेडिकलमा कृतीका खड्का तथा सुरक्षा उप–समिति संयोजकमा पदम गुरुङ्गलाई चयन गरिएको छ ।

संघ कास्कीका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गतवर्ष सञ्चालन गरिने भनिएको प्रतियोगिता महाभुकम्पका रोकिएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button