खुकुरी प्रहार गर्ने पक्राउ

पोखरा, मंसिर १३-

जिल्ला कास्की पोखरा उ।म।पा वडा नं।१० अमरसिंह चोक घर भई हाल पोखरा(१८ छिनेडांडा बस्ने तुलविर वि.क ( सुरज ) लाई खुकुरी प्रहार गरी फरार रहेका मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरुले मिति २०७२।०८।१२ गते दिउसो पोखरा १० अंमरसिहचोक स्थित स्वेच्छा खाजा घरमा खाजा खाई रहेको अवस्थामा लेखनाथ नगरपालिकाको पटनेरीमा जग्गा प्लटिङ गरेकोमा सो वापत निजहरुलाई नसोधी जग्गा प्लटिङ गरेको, पल्टिङ गर्दा डिपिसीको काम नदिएको, काम नदिए वापत माग गरेको नगद रकम नदिएको भनी एक्कासी खुकुरी प्रहार गरी फरार भएका थिए ।

खुकुरी प्रहार गरी फरार भएका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रहरी चौकी शिसुवाबाट खटिईएको प्रहरी टोलीले सोही दिन पोखरा तथा लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरी आज मिति २०७२।०८।१३ गते सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।

पक्राउ परेका मानिसहरू:
(१) जि.कास्की ले.न.पा.वडा नं.१ बस्ने बर्ष ३६ को कुमार सुनार
(२) ऐ. ऐ बस्ने बर्ष २६ को सुरज सुनार
(३) ऐ ऐ बस्ने बर्ष ३५ को उत्तम मगर ।
criminal

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button