टप्स उ.मा.विमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा, २० मङ्सिर-
पोखराको रामघाटस्थित टप्स उच्च माध्यमिक विद्यालयको वार्षिक खेलकुद प्रतियोगिताको कार्यक्रम ‘टप्स स्पोर्टस मिट’ आइतबार सम्पन्न भएको छ ।

पोखरा रङ्गशाला र विद्यालय प्राङ्गणमा सम्पन्न विभिन्न खेलकुदमा काली सदन वर्ष च्याम्पियन बनेको छ । यस्तै, मस्र्याङ्दी दोस्रो र मादी सदन तेस्रो भएको छ । प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न दूरीका दौड, सटपुट, हाइजम्प, लङ्जम्प, रिले दौड लगायतका विधाहरुमा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी वितरण गरिने अतिरिक्त क्रियाकलाप विभागका प्रमुख रमेश शर्माले जानकारी दिनुभयो ।

विद्यालयले नियमित खेलकुदका अतिरिक्त हरेक वर्ष विशेष खेलकुद कार्यव्रmमका रुपमा स्पोर्टस मिट सञ्चालन गर्दै आएको विद्यालयकी संस्थापिका भक्ति गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button