प्रतिष्ठित आहा रारा गोल्ड कप माघ ५ देखि १६ गतेसम्म

  • पोखरा न्यूज
  • २०७२ मंसिर २८
Post Thumbnail

पोखरा , २८ मंसीर –
पश्चिमाञ्चलको प्रतिष्ठित आहा रारा गोल्ड कपलाई सफल पार्न सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । १४ औं संस्करणको आहा रारा गोल्ड कप २०७२ लाई सफल पार्न पोखरामा हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको क्लवले जनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुन लागेको उक्त प्रतियोगिता मुल आयोजक समितिको सल्लाहकार सदस्यमा प्रशासनिक र स्थानीय निकायका प्रमुख, पत्रकार महासंघ कास्की, खेलकुद पत्रकार मञ्च कास्की, लगायत स्थानीय संघ संस्था, जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रमुख, स्थानीय बुद्धिजीवी, खेलप्रेमी समेत गरी १ सय १ सल्लाहकार रहने व्यवस्था गरिएको महासचिव महासचिव केशबराज बरालले बताए । क्लबका वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा प्रतियोगिता संयोजक तथा महासचिब केशब राज बराललाई सदस्य सचिब समेत चयन गर्ने संयुक्त बैठकले निर्णय गरेको क्लवले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन रहेको छ । त्यसै गरी राष्ट्रिय खेलकुद परिषदअखिल नेपाल फुटबल संघ-श्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति-जिल्ला खेलकुद विकास समिति कास्कएन्फा,कास्की-सहारा यु.के.सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल ,नमस्ते एजुकेशन, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी.सानमिगेल, मस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने तयारी भएको हो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागिय टिम, लिग विजेता थ्री स्टार, मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न १२ टीमहरु सहभागी हुने भएको छ । उक्त प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने भएको क्लवले जनाएको छ । बालकहरु क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस