पोखरा, ०६ पौष –
पोखरा क्षेत्रमा एक दर्जन जसो निजी टेनिस कोर्ट निमार्ण भए पनि आम जनताको पहुच पुग्ने गरी सार्वजनीक टेनिस कोर्ट पोखरा रंगशालामा निमार्ण भएको छ । पोखरामा टेनिस खेलको बृद्धि विकास गराउने उद्धेश्यले दुई वटा टेनिस कोर्ट निमार्ण गरीएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले बताए ।
उनका अनुसार पोखरा रंगशालामा ७० लाखको लागतमा दुई वटा लङ टेनिस कोर्ट सहित कार्यालय भवन निमार्ण भएको छ । करीब डेढ बर्षमा टेनिस खेलप्रेमी स्वदेशी तथा विदेशी दाताबाट उक्त रकम बराबरको दुई वटा टेनिस कोर्ट सहित कार्यालय भवन हालै निमार्ण भएको अध्यक्ष कायस्थले बताए । उनलका अनुसार जापान, हङकङ, जर्मन, अष्ट्रेलीया, क्यानडा लगायतबाट मात्रै उक्त भौतिक संरचनाको लागि ८ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा रंगशलामा हालै निमर्ण भएको कोर्ट नम्वर एक एसओएस मेन पावरका हेम गुरुङले र कोर्ट नम्बर दुई ड्याफोडिल स्कुलका संस्थापक÷संचालकउत्तम लामाले ६-६ लाख आर्थिक सहयोग गरी निमार्ण गरेको कायस्थले जनाए । उनका अनुसार उक्त टेनिस कोर्टमा थप दुई वटा टेनिस कोर्ट सहित अन्य भौतिक संरचनाको लागि थप दुई करोड रुपैया आवश्यक छ ।
युवा उद्योगी व्यावसायी रोसन केसी र विमल बस्यालले पोखरा रंगशालामा थप एक एक वटा टेनिस कोर्ट निमार्ण गर्ने वचन दिएको अध्यक्ष कायस्थले जनाए । टेनिसको कार्यालय भवनमा क्यान्टीन, सभाहल, स्टोर रुम, महिला तथा पुरुषको लागि सौचालय, खेलाडी चेन्जीङ रुम लगायतको भौतिक संरचनामा २५ लाख बढी खर्च भएको उनले बताए । त्यसै गरी संघले करीब २० रोपनी क्षेत्रफलमा केहि ठाँउमा कम्पाउण्डीङ समेत गरेको छ ।
महङगो खेलको रुपमा रहेको यस खेलको पहुच गरीब बर्गका व्यक्तिहरु समक्ष पुराउन पनि पोखरा रंगशालामा उक्त टेनिस कोर्ट निमार्ण गरेको कायस्थले जनाए । उनले भने “टेनिस खेल्ने ईच्छा र चहाना भएका प्रतिभावान खेलाडीहरुलाई अब कसैले रोकेर रोकिदैन छेकेर छेकीदैन, सिधै रंगशाला आए हुन्छ । ” आफुहरुले टेनिस खेलको विकास गर्ने उद्धेश्यले केहि समय अघि मात्र एकेडेमीको रुपमा केहि वालकहरुलाई प्रशिक्षण गराउदै आए पनि हाल देशको अबस्थाको कारणले गर्दा निरन्तरता दिन नसेको उनले बताए । उनले भने “टेनिस खेलको नेपालमा धेरै सम्भावना छ, यो सम्भावनालाई हामीले देखेर सवैको पहुच पुग्ने गरी पोखरा रंगशालामा उक्त कोर्ट निमार्ण संगैटेनिस खेलको एकेडेमी संचालन गर्दै छौं । ”
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution