अन्तर तमु समाज भलिवलको सेमिफाइनलमा बाझापाटन

पोखरा, ०८ पौष –
तमुहरुको नयाँ वर्ष तथा महान पर्व प्र ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी धुमधामका साथ मनाउने कार्यक्रम अन्र्तगत युवा लक्षित  अन्तर तमु समाज तमु धिं नेपाल कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा बाझापाटन तमु समाज, तमु विद्यार्थी समिति, आधीखोला तमु समाज र बगालेटोल तमु समाज प्रवेश गरेको छ ।

बुधवार सम्पन्न क्वाटर फाइनल खेलमा बाझापाटन तमु समाजले याङ्जाकोट तमु समाजलाई २५—२१, २५—१६, तमु विद्यार्थी समितिले तमु सहयोग समिति पार्दीलाई २५—२२, २५—१४, आधीखोला तमु समाजले सोपाल तमु समाजलाई २५—१६, २५—१८ र बगालेटोल तमु समाजले जोगीमणी तमु समाजलाई २५—१७, २५—१७ अंक सहित सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

बुधवार नै भएको खेलमा सोपाल तमु समाजले चारभञ्ज्याङ तमु समाजलाई २५—१९, २५—२०, आधीखोला तमु समाजले कोल्माबहाकोट तमु समाजलाई २५—८, २५—११, जोगीमणी तमु समाजले शान्तिरुपा बराहथोक तमु समाजलाई २५—१७, २५—२३ अंक सहितको सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

विहिवार विहान ८ बजे फाइनलका लागि बाझापाटन तमु समाज र तमु विद्यार्थी समिति, त्यस लगत्तै आधीखोला तमु समाज र बगालेटोल तमु समाज फाइनलका लागी भिड्ने भएकाछन् ।

विहिवार प्रतियोगिताको उपाधि र तेश्रो स्थानका लागि खेल हुने तमु धिं नेपाल खेलकुद उपसमिति संयोजक तथा प्रतियोगिता संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

१३ वटा तमु समाजको सहभागीता रहेको र तमु धिं नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टिमले उपाधिसहित २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, द्धितियले २० हजार, कप, मेडल र प्रमाणपत्र, तेश्रो हुनेले १५ हजार, कप, मेडल र प्रमाणपत्र, अनुशासित टिमले ५ हजार र सर्वोत्कृष्ठ खेलाडीले ५ हजार रुपैया सहितको पुरस्कार प्राप्त गर्ने संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button