उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन

पोखरा , ०९ पौष –
कास्की जिल्ला टेबलटेनिस संघको ११ औं साधारण सभा तथा तेस्रो अधिबेशन उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरि बिहिवार पोखरामा सम्पन्न भएको छ।

tennis pkr

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संघको प्रथम उपाध्यक्षमा निर्मला बराल, सचिवमा फडिन्द्रप्रसाद तिम्सिना, कोषाध्यक्षमा अम्बिका राजभण्डारी र सदस्यहरुमा कृष्णबहादुर रानाभाट, ज्योति गुरुङ, निर्मल सोति, रुप गुरुङ, गोपाल थापा, रवि पन्त, लेखुराम खती, दिपक भण्डारी सर्बसम्मत चयन गरेको छ।

निर्वाचित कार्य समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक केशवशरण पौडेलले सपथ ग्रहण गराएका थिए।

tennis pkr2

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रयासमा लगेको बताउदै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् एउटै पार्टीको भागमा परेकोले पनि खेलकुदको विकास छिटो हुने विश्वास व्यक्त गरेका थिए।

उनले विगतमा कास्कीमा खेलकुदका संघ संगठनहरुको लार्पवाहीका कारण केन्द्रले तोक लगाई सकेको वोर्ड पनि ल्याउन नसकेको वताउँदै टेबलटेनिसको विकासको लागि आफुले स्थानिय स्तरदेखि केन्द्रसम्म आवश्यक पहल गर्ने वताए।

कार्यक्रममा टेबलटेनिस खेल कम खर्चिलो, ठुलो स्थान आवश्यक नपर्ने तथा समय पनि धेरै दिन नपर्ने खेल भएर पनि विगतको तुलनामा उल्लेख्य विकास नभएको तर हाल कास्की जिल्लाको हकमा भने धेरै प्रगति गरेको धारणा राखेका थिए।

सो अवसरमा एन प्याब्सन कास्कीका सचिव केशवशरण पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वराल, पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभागका प्रमुख विद्या मर्सानी, सल्लाहाकार एवं पुर्व राष्ट्रिय खेलाडि दिलबहादुर गुरुङ, सहारा क्लबका पोखराका अध्यक्ष वीरभद्र आचार्य, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, थ्री सिस्टर्सका प्रमुख लक्की कार्की, नागरिक वडा मञ्च पोखरा ९ का लेखुराम खती लगाएतले शुभकामना व्यक्त गरेका थिए।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष निर्मला वराले गरेकी थिईन भने कार्यक्रम संचालन सदस्य कृष्णबहादुर रानाभाटले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button