पोखरा भेट्रान्स ओपन टेनिसमा प्रि. क्वाटर सकियो

  • पोखरा न्यूज
  • २०७२ पौष १२
Post Thumbnail

पोखरा, १२ पौष –

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारि १३ औं पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगितामा आइतबारसम्म प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

आइतबार सम्पन्न ३५ वर्ष माथिको एकल प्रतिस्पर्धामा कमल भण्डारीले नविन श्रेष्ठलाई ६–१, ६–१ ले पराजित गरेका छन् । ३५ वर्ष माथिको डबल्समा अनिल तुलाचन र समिर शेरचनको जोडिले पृथ्वीमान गुरुङ्ग र दिल गौतमको जोडिलाई ६–२, ६–२ ले, निरेश श्रेष्ठ र धर्म शाहिले रामबहादुर विक र मनोज बस्नेतलाई ६–१, ६–१ ले, राजु श्रेष्ठ गोर्खा र चिरायु जंगबहादुर थापाको जोडिले सुवर्ण ढाक्वा र महेश श्रेष्ठलाई ३–६, ६–१ र १०–७ ले, चन्द्र शाहि र गोपालदास मानन्धरको जोडिले तेन्जिङ शेर्पा र शिव सेढाइलाई ६–३, ६–४ ले पराजित गरे । श्रीराम मगरलाई जोडि बनाएका पोखरेली खेलाडी राजेन्द्र घिमिरे जोडिले पोखराकै बलियो जोडी कुमार गुरुङ्ग र सुरेश श्रेष्ठमाथि ६–२, ६–२ को सहज नतिजा निकाल्यो । अर्को खेलमा राजन पौडेल र निरज थापाको जोडिले चन्द्र लामा र बिरेन्द्र लामालाई ६–३, ६–३ ले पराजित गरे । त्यस्तै आत्माराम कार्की र देवेन गिरीको जोडिले रोहि सुनुवार र रोशन केसीलाई ६–२, ६–३ ले पराजित गरेका थिए ।

४५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले काजि गुरुङ्गलाई ६–०, ६–१ ले, राजु श्रेष्ठ काठमाण्डौले उत्तम बोगटीलाई एकोहोरो खेलमा ६–०, ६–० ले, समिर शेरचनले पदम गुरुङ्ग काइलालाई ६–१, ७–५ ले, सुसिल पाण्डेले विष्णु गैह्रेलाई ६–३, ७–६ ले तथा धरमबहादुर लामिछानेले अमृत कार्कीमाथि ६–१, ५–७ र सुपरटाईमा १०–७ को कठिन जित निकाले ।

४५ माथिकै डबल्समा धर्म शाहि र सुवर्ण ढाक्वाले पोखराका उत्कृष्ट जोडि लोक गुरुङ्ग र सूर्य भुजेललाई ६–१, ६–२ ले पराजित गरे । यसअघि भुजेल जोडिले उत्तम बोगटी र सिजर गुरुङ्गको जोडिमाथि ३–६, ७–६ र १०–७ को नतिजा निकाल्दै प्रि क्वाटरमा स्थान बनाएका थिए । त्यस्तै, अनिल तुलाचन र धरमबहादुर लामिछाने जोडिले मनोहरदास मुल र काजि गुरुङ्गलाई ६–२, ६–२ ले, पृथ्वीमान थकालि र दिनेश तुलाधरको जोडिले राजकुमार घिमिरे र पदम गुरुङ्ग काइलालाई ६–३, ६–१ ले पराजित गरेका थिए । विकाश राणा र चन्द्र शाहिको जोडि र हिमाल शाह र सुदर्शन सिग्देलबिचको खेल खराब प्रकाशका कारण पुरा हुन नसकेपछि सोमबार विहानका लागि सारिएको प्रतियोगिताका टेक्निकल डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

५० वर्ष माथिको एकलमा नरेन्द्र कुमार सिंहलाई सुरेन्द्र माकाजुले पहिलोे सेट ४–३ को अवस्थामा वाक ओभर दिए भने प्रदिप शाहले बिमल गुरुङ्गलाई ६–१, ६–३ ले पाखा लगाए । ५५ वर्ष माथिको एकलमा शान्ता श्रेष्ठले संघर्षपूर्ण खेलमा पदम गुरुङ्गमाथि २–६, ६–४ र १०–७ को कठिन जित निकाल्दै अघि बढे भने पेम्बा टाँसि (दार्जलिङ)ले विष्णु गुरुङ्गलाई ६–१, ६–३ ले पराजित गरे । ५५ वर्ष माथिको डबल्समा बसन्त प्रधान र शान्ता श्रेष्ठको जोडिले डा.इन्द्रजित राई र चेतन नोर्केललाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस