स्टेप वाई स्टेप उच्च मा.वि.+२ स्पोर्ट मिट सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष २३
Post Thumbnail

पोखरा, २३ पौष –

स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखराले आफ्नो वार्षिक कार्यतालिका अनुसार कक्षा ११ र १२ (व्यवस्थापन-विज्ञान संकाय) को स्पोर्ट मिट आज सुरु भएको छ । सदनात्मक रुपमा विद्यालयकै खेल मैदानमा सञ्चालित उक्त स्पोर्ट मिट दुई दिवसीय रुपमा सञ्चालन भइरहेको छ । स्पोर्ट मिटमा छात्र÷छात्रा भलिबल, बास्केटबल, टेबल, टेनिस लगायतका खेलहरू खेलाइएका छन् ।

विद्यालयका प्राचार्य निर्मला बरालले विद्यार्थीहरू अनुशासीत र मेहेनतका साथ खेल क्षेत्रमा लागि पढाइका अलवा आफुलाई यस क्षेत्रमा स्थापित गर्न सक्षम हुनेमा जोड दिनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले शिक्षा र खेलकुद एउटा रथका दुई पाङ्ग्रा भएकोले विद्यार्थीले दुवैलाई एकसाथ बढाउनु पर्नेमा जोड दिनुभयो । निजी उच्च मा.वि.हरूले आफ्नो विद्यार्थीलाई खेलकुदको क्षेत्रमा पनि अगाडि बढाउन आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्राचार्य बरालले खेल रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरीएको आजको खेलको संयोजकत्व विद्यालयका खेल शिक्षक विमल गुरुङ्ले गर्नुभएको थियो । आज सम्पन्न भएको बास्केटबलमा ग्यालिलियो सदनका संजोक कार्की, सुवर्ण पाहारी, सुनिल गौतम, प्रशन्नराज गिरी, आशिष थापा, विराज सुबेदी र सन्देश पाइजा पुनको समूह विजयी भएको थियो भने माकोर्नी सदनको समूह दोस्रो भएको थियो । त्यस्तै भलिबलतर्फको मार्कोनी सदन र न्युटन सदनको फाइनल भोलि हुनेछ । उक्त खेलकुद प्रतियोगितामा बास्केटबलतर्फ मार्कोनी सदनका अशोक क्षेत्री हाइ स्कोरर ल्याउन सफल भएकोे कुरा विद्यालयका +२ उपसंयोजक संजय बरालले बताउनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस