पोखरा, २८ पौष –
पोखराको मझेरीपाटनस्थित सहिद स्मृति आवासीय उच्च माविमा बुधबारदेखि स्पोट्र्स मिट हुने भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अनुसार बुधबार र बिहीबार बृहत् खेलकुद प्रतियोगिता हुने भएको हो ।
स्पोट्र्स मिटमा छात्र तथा छात्रा आठ किलोमिटर दौड, तेक्वान्दो, भलिबल, फुटबल, कबड्डी, रिले दौड, बेलुन फुटाई र घैंटो फुटाई प्रतियोगिता समावेश गरिएको विद्यालयका लेखा तथा प्रशासन सहायक जीवन अधिकारीले जानकारी दिए । स्पोट्र्स मिटकै अवसरमा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने उनले बताए।
करिब २९० विद्यार्थी अध्ययनरत विद्यालयले उच्च मावितर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराउँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution