पोखरा रंगशालामा सौचालय नहुदा खेलकुदकर्मी मर्कामा

  • पोखरा न्यूज
  • २०७२ माघ २
पोखरा रंगशालामा सौचालय नहुदा खेलकुदकर्मी मर्कामा

पोखरा, २ माघ – 

पोखरा रंगशालामा सार्वजनीक सौचालय नहुदा खेलाडी तथा खेलकुदकर्मीहरु मर्कामा परेका छन । रंगशालामा विभिन्न खेल संघहरुको कार्यालय तथा मैदानको निम्ति छुट्टा छुट्टै सौचालय निमार्ण गरे पनि आम खेलकुदकर्मीहरुको लागि भने सार्वजनीक सौचालय नहुदा खेलकुदशर्मी मर्कामा पर्दै आएका छन ।

शनिबार देखि पोखरा रंगशालामा हिसान कास्की स्पोट्र्स मिट सूरुभएसंगै कार्यक्रम स्थलमा बिद्यार्थीहरु लिएर रंगशालामा पुगेका माउण्ट अन्नपुर्ण उच्च माविका एक शिक्षक विवि केसीले आफ्ना केहि सहकर्मीहरुसंग गुनासो गर्दै थिए लौन पिसावले निकै चाप्यो कतै सौचालय छैन भन्दा खोज्दा खोल्दै सौचालय नपाए पछि आफु जस्तै अन्य बिद्यार्थीहरु समेत सौचालय विना समस्यामा परेको उनले गुनासो गरे । केसी जस्ता धेरै पोखरा रंगशालामा पुगेका व्यक्तिहरुलाई यो समस्याले सताउने गर्दछ । शनिबार त झन कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय भित्र रहेको सौचालय समेत बन्द हुदा रंगशालामा पुगेका सयौं व्यक्तिहरु सौचालयको नहुदा दिशा तथा पिशाव फेर्नको लागि कि झाडी तर्फ त कि सेतीनदी किनारामा पुग्नु पर्दछ । धेरै खेलकुदका गतिविधिहरु हुने स्थान रंगशालामा सार्वजनीक सौचालय नहुनु र भएका सौचालयलाई प्रभावकारी ढंगले प्रयोग गराउन सक्नु खेल आयोजना गर्ने संस्था र समितिको कमजोरी भएको केसीले गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले विभिन्न खेल संघहरुले आ आप्नो लागि सौचालयहरु निमार्ण गरे पनि आर्थिक अभावको कारणले गर्दा हालसम्म सार्वजनीक सौचालय निमार्ण गर्न नसकिएको बताए ।

कास्की जिल्ला खुल्ला दिशा मुक्ता क्षेत्र घोषणा भएको केहि बर्ष बिति सक्दा पनि यस्ता स्थलहरुमा मानिहरुको हरेक दिन सयौको सङख्यामा सहभागि हुने ठाँउमा सौचालय नहुदा धेरै व्यक्तिहरु यसबाट प्रभावित भएका छन । त्यसै गरी पोखरामा दुई वटा फुटवलको महाकुम्भ हुदै आए पनि खेलाडी चेन्जीङ रुम सहित केहि व्यक्तिहरुको लागि मात्र सौचालय अखिल नेपाल फुटवल संघको कार्यालयमा रहेकोले धेरै दर्शकहरु हुदा उनीहरुलाई कि अस्थाई अन्यथा खुल्ला क्षेत्रमा पिसाव फेर्दै आएको पाइन्छ । पोखरा रंगशालामा करीब २० करोड मुल्य बराबरको खेलकुदका विभिन्न भौतिक संरचना निमार्ण भए पनि सार्वजनीक सौचालय निमार्ण नहुदा आर्मी प्रशिक्षण गर्न आउने युवा देखि शारीरिक व्यायम गर्न रंगशालामा आउने व्यतिहरुलाइ नै सौचालयको अभाव खडकिएको छ । रंगशाला भित्र फुटवलको दुई वटा मैदान छ, आर्चारीको प्रशिक्षण केन्द्र, क्रिकेटको अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान, लन टेनिसको दुई वटा टेनिसकोर्ट, व्याडमिन्टनको सभाहल, लगायतका खेलको भौतिक संरचना छन । त्यसै गरी रंगशालामा हाल १४ करोड भन्दा बढीको वहुउद्धेश्य कवर्ड हल निमार्ण हुदै छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस