ह्याण्डवलको प्रशिक्षण गराउन फ्रान्सबाट प्रशिक्षक पोखरामा

पोखरा ६, माघ

ह्याण्डवल खेलका खेलाडीहरुको प्रतिभा तिर्खान फ्रान्सबाट विदेशी प्रशिक्षक पोखरामा आएका छन । यस अघि पनि नेपालमा प्रशिक्षण गराउन नेपाल आएका फ्रान्सेली प्रशिक्षक लाउरेन्ट वाउडेटले नेपाली खेलाडीहरुको कडा मेहनतका कारण यस पालीको सागमा राम्रो नतिजा आउने दाबी गरे । उनले भने “नेपाली खेलाडीहरु शारीरिक रुपमा मजबुद छन, निरन्तर मेहनत गरेका छन, मलाई विश्वास छ उनीहरुले जस्तो सुकै टिमसंग सामगा गर्न सक्छन ।” तीन हप्ता प्रशिक्षण गराउन उनी नेपाल आएका हुन ।

[embedyt] https://www.youtube.com/watch?v=dhA2p81YIGY[/embedyt]

११ औं सागमा सहभागि खेलाडी अमर श्रेष्ठको कप्तानिमा राष्ट्रिय खेलाडीहरुको टिम प्रशिक्षणमा व्यस्त रहेको टिम व्याबस्थापक विकास खनालले बताए । अरुणलाल कर्णको मुख्य प्रशिक्षणमा पोखरामा जारी प्रशिक्ष विहान ३ र वेलुका २ घण्टा प्रशिक्षण हुदै आएको छ । अघिल्लो सागमा सहभागि पोखरेली खेलाडी विशाल बस्नेत सहितका खेलाडीहरु रहेको टिममा आर्मी र एपिएफका खेलाडीहरु समेत समेटिएका छन ।

यसैबिच, १२ औं सागमा नेपाल महिला तर्फको ह्याण्डवल खेलमा पहिलो पटक सहभागि हुने भएको छ । ईन्टरनेश्नल ह्याण्डवल फेडेरेसन ( आइ.एच.एफ.) मा र २० बर्ष मुनिका खेलाडीहरु सहभागि खेलमा समेत नेपालले दुई पटक कास्य पदक हात पार्न सफल भएको आधारमा यसपालीको लागमा महिला तर्फ पनि कम्तीमा कास्य अन्यथा रजत पदकको आसामा पोखरामा प्रशिक्षण तिव्र पारिएको नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

[embedyt] https://www.youtube.com/watch?v=WqGhzNxLVnM[/embedyt]

ह्याण्डवलका खेलाडीहरुलाई पछिल्लो क्रममा विश्व व्यापी रुपमा दिदै आएको मनोवैज्ञानिक प्रशिक्षण (एन.एल.पि.) समेत प्रदान गरेको अध्यक्ष गुरुङले जनाए । त्यसै गरी पोखरामा ६ जना आर्चरीका खेलाडीहरुको वन्द प्रशिक्षमा व्यस्त रहेको अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचनले बताए । अन्य ६ जना खेलाडीहरु राजधानिमा प्रशिक्षणमा रहेको उनले बताए । वक्सीङका खेलाडीहरु केहि दिन पोखरामा प्रशिक्षण गरी हाल थाईल्याण्डमा प्रशिक्षणमा रहेको राखेप सदस्य फत्त गुरुङले बताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button