पोखरा, १७ माघ –
पोखराको सहारा क्लब अब हङकङ र युके संगै अष्ट्रेलियामा पनि विस्तार भएको छ । कठिन परिस्थितिका बालकहरुलाई आश्रय दिएर सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको सहारा क्लबको अर्को ठुलो मुलुकमा शाखा स्थापना भएसँगै विदेशमा यसको चर्चा पनि चुलिँदै गएको छ।
सिड्नीमा रहेका फुटबलप्रेमीहरुले एक समारोह बिच सहारा अस्ट्रेलियाको गठन गरेका हुन् । च्यारिटी डिनरसँंगै गठन भएको सहारा अस्ट्रेलियाको संयोजकमा पुराना खेलप्रेमी राजमान थकाली रहेका छन् ।
नवगठित सहारा अस्ट्रेलियाको कार्यसमितीमा राजु अधिकारी, किरण बराल, अभिनव शर्मा, तारा गुरुङ, मनोज केसी, शितल खाँंड, विभिषण बिष्ट, शैलेन्द्र बहादुर बस्नेत, अपर्ण बज्राचार्य, अर्जुन गुरुङ, इश्वर पहारी, सञ्जु मगर, रोशन आले, जिवन पौडेल, सुनिल गुरुङ, विजेन बाटाजु रहेका छन् । सहारा अस्ट्रेलियाको सल्लाहकारहरुमा शम्सेरसिंह थापा, प्रेमकाजी गुरुङ, राजु मानन्धर, देब गुरुङ, बिष्णु हमाल रहेका छन् । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नयाँ समितिलाई खादा ओढाएर सम्मान गरेका थिए ।
च्यारिटी डिनरका क्रममा संकलित रकम एकेडेमीलाई नै प्रदान गर्ने निर्णय गरेको संयोजक थकालीले बताएका छन् । सहाराले आयोजना गरेको आहा रारा गोल्डकप फुटबलको दोस्रो पुरस्कार अर्थात दुई लाख रुपैया पनि सहारा अस्ट्रेलियाले प्रायोजन गर्ने निर्णय गरेको उनले बताए । कार्यक्रममा सिड्नीका फुटबल क्लबहरु, राइजिङ गोर्खाज्, माछापुच्छे, फेवा फुटबल क्लब, सेन्ट जोर्ज लगायतका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution