पोखरा, १८ माघ –
माउण्ट अन्नपुर्ण उच्च माविको २०६५ सालको एसएलसी व्याचका ४ जना पूर्व विद्यार्थीहरुले विद्यालयलाई खेलकुद सामग्री सहयोगका साथै विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा र खेलकुद शिक्षक-प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङलाई सम्मान गरेको छ ।
सोमवार विद्यालयमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरु साजन गुरुङ, रविन सेन्चुरी, असिम बाटाजु र श्याम गुरुङले आफुहरुले अध्ययन गरेको विद्यालयले शैक्षिक प्रगति एवं खेलकुद क्षेत्रमा विशिष्टता हासिल गर्दै आएको भन्दै विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा, खेलकुद शिक्षक-प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङ, सहप्राचार्य अशोककुमार शाही लगायतलाई ५ थान बास्टेकबल सहयोग हस्तान्तरण गर्नुभएको हो ।
यसरी नै पश्चिमाञ्चल क्षेत्रकै निजी विद्यालयमा गर्बिलो ईतिहास भएको विद्यालय, माउण्ट अन्नपूर्णको नयाँ व्यवस्थापनमा सञ्चालन पश्चात विद्यालयलाई थप शैक्षिक उपब्धि दिलाउन सफल रहेको भन्दै हिसान कास्कीका उपाध्यक्ष समेत रहनु भएका विद्यालयका प्राचार्य रामजी प्रसाद शर्मा र खेलकूद क्षेत्रमा कास्कीमा मात्रै नभई राष्ट्रिय प्रतियोगितामा समेत विद्यालयलाई उपाधि हासिल गराउन सफल रहेको भन्दै विद्यालयका खेलकुद शिक्षक-प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङलाई पूर्व विद्यार्थीहरुको तर्फबाट दोसल्लाबाट सम्मान गरिएको थियो । प्राचार्य शर्मा र खेलकुद प्रशिक्षक गुरुङलाई माउण्ट अन्नपुर्णको नयाँ व्यवस्थापनको पहिलो एसएलसी ब्याच २०६५ सालको विद्यार्थीहरुकातर्फबाट विद्यालयका एकेडेमीक डिन भरत भण्डारीले सम्मान गर्नुभएको हो ।
विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण पश्चात पूर्व विद्यार्थी साजन गुरुङले गर्विलो इतिहास भएको माउण्ट अन्नपूर्ण उच्च माविले उपलब्धिहरु हासिल गर्दा पुर्व विद्यार्थीहरुको गर्वले छाती गहु्रंगो हुने गरेको बताउनुहुदै आउदो दिनमा पुर्व विद्यार्थीहरुको तर्फबाट विद्यालयको विकासको लागि साथ सहयोग रहने बताउनुभयो । उहाँले विद्यालयलाई आफुहरुको तर्फबाट सम्झनाका लागि सानो कोशेली मात्रै ल्याएको बताउनुहुदै विद्यालयको प्रगतिका लागि विद्यार्थीहरुको सधै साथ सहयोग रहनु पर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य रामजी प्रसाद शर्माले विद्यालयका पुर्व विद्यार्थीहरुले विद्यालयको प्रगतिका लागि र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रोत्साहनका लागि उदाहरणीय कार्य गरेको भन्दै पुर्व विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई अध्ययन, खेलकुद र सामाजिक क्रियाकलापमा सहभागी गराउदै सक्षम जनशक्ति, असल नागरिक निर्माणका लागि जुटेको बताउनुभयो ।
विद्यालयकाका ऐकेडेमीक सुपरभाइजर तथा प्राथमिक कक्षा इञ्चार्ज कविता शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहयोगी पुर्व विद्यार्थीहरुलाई साजन गुरुङ, रविन सेन्चुरी, असिम बाटाजु र श्याम गुरुङलाई विद्यालयका प्राचार्य रामजी प्रसाद शर्माले खादा लगाइदिनुहुदै स्वागत गर्नुभएको थियो ।
विद्यालयका खेलकुद शिक्षक-प्रशिक्षक क्याप्टेन बीरबहादुर गुरुङले माघ २ गतेदेखि ५ गतेसम्म पोखरामा आयोजित ९ औं उच्च माध्यमिक विद्यालय संघ(हिसान) खेलकुद प्रतियोगिता २०७२ को उपाधि हासिल गरेको अवस्था पुर्व विद्यार्थीहरुबाट खेलकुद सामग्री सहयोग प्राप्त हुदाँ खेलाडीहरु थप उत्साहित भएको बताउनुभयो । काठमाडौंमा सम्पन्न ह्याण्डबलको राष्ट्रिय प्रतियोगिताको उपाधि विजेता हाम्रो विद्यालयले विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजागर गरी राष्ट्रलाई योगदान दिनका लागि पहल गरिरहेको छ भन्नुहुदै उहाँले पुर्व विद्यार्थीहरुको साथ सहयोग, सद्भावले कास्की जिल्ला बास्केटवल संघद्धारा फागुन ३ देखि ६ गतेसम्म हुने जेपी क्रस १३ औं अन्तर विद्यालय छात्र छात्रा बास्केटबल प्रतियोगिता २०७२ को उपाधि हात पार्ने दावी गर्नुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution