प्रचारको अनौठो शैली अपनाउँदै ‘सुपरहिट’

पोखरा, २० माघ –

नेपाली मौलिक कथावस्तुमा सिनेमा बनाएको दावी सहित चलचित्रको प्रचारप्रसारमा जुटेको चलचित्र ‘सुपरहिट’ निर्माण यूनिटले कुनै विदेशी चलचित्रसंग कथावस्तु मेल खाएको पत्ता लगाउने दर्शकलाई पुरस्कार दिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पछिल्लो समय चलचित्र निर्माताहरुले नयाँ नयाँ योजनाका साथ चलचित्रको प्रचारप्रसार गर्ने क्रम चलिरहँदा यहि माघ २२ बाट प्रर्दशनमा आउन लागेको उक्त पनि चलचित्रको कथा कतै मेल खाएको पत्ता लगाउने दर्शकलाई पुरस्कार सहित टिकटको पैसा समेत फिर्ता दिने योजना बनाएको चलचित्रका निर्देशक सौरभ ढकालले जानकारी दिए । ‘विशुद्ध नेपाली कथावस्तुमा सिनेमा बनेको छ, यदि कसैले कथावस्तुलाई विदेशी भन्छ भने उसलाई हामी पुरस्कार दिन्छौँ’ निर्देशक ढकालले भने ।

तस्करीहरुको धन्दा वरीपरी घुमेको कथावस्तुमा समेटिएको ‘सुपरहिट’ मा चपली हाईटजस्तो सफल चलचित्रमा अभिनय गरेकी नायिका विनाता वराल, जीवन्त अभिनयका धनी महेश त्रिपाठी, सुदाम सिके, दिव्य देव लगायतको कलाकारहरुको मुख्य भुमिका छ । चलचित्रको संगीत पक्ष पनि उत्कृष्ठ रहेको निर्माणपक्षले दावी गरेको छ । चलचित्रको शीर्षगीत पपस्टार सविन राइले गाएका छन् ।

यसैबीच ‘सुपरहिट’को प्रचारप्रसार सामाग्री फेसवुकमा राखेर धेरै लाईक र कमेण्ट जुटाउन सफल पाचँ जना मध्ये एक जनालाई चलचित्रको अमेरिकामा हुने प्रिमीयर शो मा नायिका विनीता संग सहभागी गराईने निमार्ण यूनीटको दावी छ । चलचित्रमा सौरभ ढकाल र निरञ्जन पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् ।

पछिल्लो समय राम्रा भनिएका नेपाली चलचित्रहरुले पनि औषत व्यापार गरिरहेका बेला ‘सुपरहिट’ कत्तिको सुपरहिट हुने हो त्यो भने माघ २२ पछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button