पोखरा, १२ फागुन –
पोखरा भ्याली स्पोर्टस् क्लव रामबजार १०, १५ पोखराको अयाोजनामा क्लवका सदस्य एवम् टिमकोच विकास गुरुङ्गका धर्मपत्नी ओमदेवी गुरुङ्गको दुवै मृगौला उपचारको लागि सहयोग रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।
कार्यक्रममा मृगौला पीडित ओमदेवी गुरुङ्गलाई क्लवका बरिष्ठ सल्लाहकार एवम् रामबजार सोसाइटी युकेका बरिष्ठ सल्लाहकार महेश गुरुङ्गले स्वास्थ्य लाभको कामना गर्दै खादा लगाई अहिलेको परिस्थितिमा मृगौला रोग त्यति भयानक नभएको बताउँदै खानपान र बाहिरी मानिससँगको भेटघाटमा ध्यान दिनुपर्ने बताउनुभयो ।
रामबजार पोखरा १० घर भई हाल नयाँगाउँ बस्ने ३० वर्षीय ओमदेवी गुरुङ्ग ४ महिनादेखि चरक अस्पताल पोखरामा उपचार गराइरहेकोमा हाल घरमै लाइलोसिस गरी उपचार गराइरहनु भएको विरामीका श्रीमान विकास गुरुङ्गले जानकारी दिनुभयो ।
विकास गुरुङ्ग पोखरा भ्याली स्पोर्टस् क्लवका कार्यसमिति सदस्य एवम् टिमकोचको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विरामीको उपचारको लागि २ लाख १५ हजारको चेक क्लवका अध्यक्ष क्या.थमानसिंह थापाले विरामी ओमदेवी गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो ।
उक्त रकम सहयोग गर्नेहरुमा भ्याली स्पोर्टस् क्लव कोरियाका सदस्य घुमराज गुरुङ्ग, अमित गुरुङ्ग, दिनेश गुरुङ्ग, रुविन गुरुङ्ग र भविन गुरुङ्गबाट रु.५० हजार, पोखरा भ्याली स्पोर्टस क्लव हङ्गकङ्गबका सुवास गुरुङ्ग र त्रिजन गुरुङ्गबाट २० हजार, पोखरा भ्याली स्पोर्टस् क्लवबाट रु.२० हजार, रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्गबाट ५ हजार, युनाइटेड स्टेटस् नेभी रिहायर्ड चिफ पेटि अफिसर एवम् युकेका सल्लाहकार भीमसेन कुमार श्रेष्ठबाट ५ हजार, वुल्समेन क्लव पोखराबाट १० हजार, वुल्समेन क्लवका अध्यक्षबाट ५ हजार, सदस्य सुरेश गुरुङ्ग ५ हजार, लक्ष्मण गुरुङ्ग ५ हजार, रामचन्द्र पौडेल ५ हजार, पोखरा भ्याली स्पोर्टस् क्लवका पदाधिकारी सदस्यहरु मध्ये क्या.थमानसिंह थापाबाट ५ हजार, खेम गुरुङ्गबाट ५ हजार, नरेन्द्र गुरुङ्गबाट १० हजार, सम्मरबहादुर श्रेष्ठबाट ५ हजार, प्रितम गुरुङ्गबाट ५ हजार, विश्व तण्डुकारबाट ५ हजार, महाविर गुरुङ्गबाट ५ हजार, राजु गुरुङ्गबाट १० हजार, खुम गुरुङ्ग र दाई भाउजुबाट १० हजार, विकल गुरुङ्गबाट ५ हजार, विजय पुनबाट ५ हजार, रवि गुरुङ्गबाट ५ हजार र महेश सुनारबाट ५ हजार गरी २ लाख १५ हजार सहयोग जम्मा भएको क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
साथै पीडित बिरामीलाई थप उपचार गर्न क्लवका सकृय सदस्यहरुले गरेको गरेको अवस्थामा नेपाल सरकारको नीति अनुसार निःशुल्क उपचारको लागि नेरेसो उपशाखा १०,११ पोखराले अफिसियल प्रक्रिया अगाडि बढाउने उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा क्लवका उपाध्यक्ष क्या.थमान सिंह थापाले उपचारमा हातमा हात मिलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुहुँदै बिरामीका परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै छिटोभन्दा छिटो स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । कार्यक्रमको संचालन क्लवका सचिव सम्मरबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution