पोखरा, २५ फागुन –
आयोजक नेत्र हिन क्रिकेट संघ कास्की र नेत्र हिन क्रिकेट संघ बाँके पोखरामा जारी प्राईम बहु उद्धेश्य सहकारी क्षेत्रिय दृष्टि विहिन क्रिकेट प्रतियोगितामा दुबैले बराबरी जित हासिल गरेका छन ।
संघ केन्द्रको विषेश सहयोगमा उक्त प्रतियोगितामा दुबै टिमले एक एक श्रृखला आ–आफ्नो पोल्टामा पार्न सफल भए । आयोजक नेत्र हिन क्रिकेट संघ कास्कीले सोमबार पहिलो श्रृखला आफ्नो कब्जामा पार्दा आज मंगलबार भएको दोश्रो श्रृखला भने बाँकेले आफ्नो पोल्टामा पारेको हो । तीन दिनसम्म चल्ने प्रतियोगितमा भोलि बुधबारको श्रृखला जुन टिमले जित्छ उहि टिम विजेता हुने भएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको दोश्रो श्रृखलामा बाँकेले कास्कीलाई १० विकेटले सहज जित दर्ता गरी श्रृखला बराबरीमा पुराएको हो । पहिला व्याटिङमा उत्र्रिएको कास्कीले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षेतीमा १ सय ६९ रनको योगफल तयार पार्यो । १ सय ७० रनको लक्ष्य पाएको बाँकेले विना विकेटको क्षेतिमा १८ दशमलव ४ ओभरमा लक्ष्य पुरा गरेको हो । बाँकेको जितमा म्यान अफदी म्याच घोषित मजन बडेलाले सर्वाधिक ९६ रन र २ विकेट लिएका थिए । कास्कीको तर्फबाट भने लोक बहादुर थापाले ७३ रन जोडे ।
सोमबार देखि सुरु भएको उक्त प्रतियोगितामा कास्कीले नेत्र हिन क्रिकेट संघल बाँकेलाई ७ विकेटले परा जित गर्दै पहिलो श्रृखला आफ्नो पोल्टामा पार्न सफल भएको थियो । नेत्र हिन क्रिकेट संघ कास्कीले आयोजना गरेको उक्त प्रतियोगिता बी वान आँखा नदेख्ने, बी टु ५ मिटरसम्मको बस्तु तथा आकार छुट्टाउने र बी थ्री १० मिटर नजिकको बस्तु तथा आकार पहिचा नगर्न सक्ने खेलाडीहरु सहभागि भएको संघ कास्कीका सचिव सुर्य भट्टराईले बताए । दृष्टि विहिन खेलाडीहरुले कडा प्रकृतिको वल प्रयोग हुन्छ । वल जमिनमा गुडाउदा दृष्टि विहिनहरुलाई आवाज सुनाउनको लागि वल भित्र आवाज आउने गरी केहि गेडाहरु राखिएको हुन्छ ।आगामी नोवेम्वरमा भारतमा दृष्टिविहिन क्रिकेटको वल्र्ड कप हुने भएको छ । उक्त प्रतियोगिताको खेलाडी छनौटको रुपमा समेत यस प्रतियोगितालाई लिईएको आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution