पोखरा २७, फागुन –
महिला सशक्तिकरणको लागि अमेरीकन एक टोली पोखरा आएको छ । खेलकुदको माध्यमबाट एक आपसमा भाईचाराको सम्वन्ध प्रगाढ पार्दै महिला सशक्तिकरणको लागि अमेरीकाको एक टोली पोखरा आएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की कार्की क्षेत्रीले बताईन ।
नेपालको गैरसरकारी संस्था महिला सशक्तिकरण नेपाल र अमेरीका स्थित सर्कस विदआउट वोर्डस संस्थाबाट छनौट भएका १०-१० जना महिलाहरुले दुई देशमा विभिन्न खेलकुदका कार्यक्रम सहित भ्रमण गर्दै छन । दुइ देशका महिलाहरु विच पहिलो अनुभव आदान प्रदान नेपालमा यही मार्च ४ देखि १२ तारिखसम्म हुदैछ । यसमा अन्नपूर्ण क्षेत्रको पदयात्रा समावेस गरीएको छ । महिला सशक्तिकरणको कार्यक्रम सञ्चालन भईरहेको सामुदायिक बिद्यालयका वालवालीकाहरुसंग फुटवल क्याम्प हुने छ । कार्यक्रममा सहभागिहरुले व्यक्त गरेका सांस्कृतिक अनुभव विमेन विनले अनलाईन शेयर गर्ने भएको छ ।
खेलकुदको माध्यमबाट सामाजिक कार्यकर्ताहरुका लागि नेतृत्व विकास गर्ने र साझेदारी संस्थाहरुका किशोरी, वालिकाहरुमा लैङगिक समावेशीका लागि खेल मार्फत उनीहरुको क्षमता अभिबृद्धि गर्दै र अधिकारको सम्वोधन गर्ने गरी उक्त कार्यक्रम संचालन गरेको कार्यक्रम संयोजक लक्की कार्की क्षेत्रीले बताईन । नेपाली सहभागिहरुले भने जुलाई १६ देखि २२ गतेसम्म अमेरीका भ्रमण गर्ने भएको उनले बताईन । वोर्डसले फुटवलको मध्यमबाट सकारात्मक परिवर्तन गर्ने रहेको छ, सिमान्तकृत तथा अवसरबाट वञ्चित रहेका युवाहरुकोे समस्या न्युनिकरण गर्न समावेशीकरण र व्यक्तिगत सफलता हासिल गर्न फुटवलको प्रयोग हुने गरेको संस्थाको दाबी छ ।
कार्यक्रममा सर्कस विदआउट वोर्डसका क्याट र लुकासले महिला सशक्तिकरणको लागि अब खेलकुदलाई विश्व सामु आफुहरुले लैजानु पर्नेमा जोड दिए । वुमेन विनका सहारा मुरे र निकोलले यो कार्यक्रम विश्वमा लोकप्रिय वन्दै आएको बताए । नेपालमा रहेका सिमान्तकृत किशोरी तथा वालवालिकालाई खेलक्दको माध्यमबाट सशक्त बनाउनु वुमेन विनको मुख्य लक्ष्य रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution