नेपालको भलिबल खेलका पहिलो प्रशिक्षक सुजी पोखरामा

पोखरा, ११ बैशाख –

नेपालको भलिवल खेलका पहिलो प्रशिक्षक जापानीज नागरीक सुजी यानागिटालाई पोखरामा स्वागत गरीएको छ। कास्की जिल्ला भलिवल संघले शनिबार एक समारोहका पोखरामा खादा तथा फुलमाला लगायर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संघका अध्यक्ष भिम पराजुली, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मुक्तिनाथ बाहिनिका सहायक बाहिनिपति कृष्णभक्त ब्रह््रमचार्य लगायले यानागिटालाई खादा लगायर स्वागत गरेका हुन । भलिवल खेलको विकास नेपालमा तिव्र गतिमा भई रहेकोमा खुसि व्यक्त गर्दै पोखरामा निमार्ण हुदै गरेको भलिवल प्रशिक्षण केन्द्र निमार्णको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उनले बताए । मुकुन्दलाल नकर्मीको समन्वयमा उनी नेपाल आएका हुन ।

पोखरा रंगशालामा निमार्ण हुदै गरेको भलिवल कोर्टको समेत यानागिटाले अवलोकन गरेका हुन । एक करोड २८ लाखमा निमार्ण हुन लागेको उक्त भलिवल केन्द्र निमार्णको हाल करीब २५ प्रतिशत मात्र काम पुरा भएको संघ कास्कीका अध्यक्ष पराजुलीले बताए । उनका अनुसार करीब २० लाख मुल्य बराबरको काम भई सकेको छ । उनका अनुुसार भलिवल प्रशिक्षण निमार्ण गर्नको लागि राष्ट्रिय खेलकुद परिषदबाट यस बर्ष १० लाख विनियोजन भएको छ । सशस्त्र प्रहरी वलको एपिएफ, सिद्धिवक्स गण फुलवारी व्यारेकबाट समेत भलिवल प्रशिक्षण केन्द्र बनाउन जनश्रमदान सहयोग भएको संघका सदस्य मनशान्त घिमिरेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button