पुम्दीभुम्दीको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

पोखरा, १५ बैशाख –

पोखरा उपमहानगरपालिका वडा नं. २५ पुम्दीभुम्दी स्थीत तल्लो गाउको जंगलमा हिजो देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएको थाहापाउने बित्तिकै हिजौ देखी नै स्थानिय नागरीक र स्थानिय प्रशासनले आगो नियन्त्रणको प्रयास गरेपनि भौगोलिक कारणवले गर्दा जंगलमा लागेको उक्त आगो नियन्त्रण गर्न कठिनाई परेको स्थानिय राजु क्षेत्रीले बताए ।

स्थानिय गौरी प्राथमिक विद्यालयको पछाडी र त्यस नजिकका करीब १७ घरहरु जोखिममा रहेको आकलन गरीएको छ । यद्यपी अग्नी रेखा भने निर्माण गरीएको बताइएको छ । आगलागीको खबर पछि हिजो राती करीब ११ बजे मात्र पोखरा उपमहानगरपालिकाको बारुणयन्त्र आगो नियन्त्रणका लागी घटना स्थलमा पुगेको थियो । तर सडकको असहजताले बारुणयन्त्र घटनाको मुख्य स्थलमा पुग्न सकेन ।

यस अघि हिजो प्रशासनले आगो नियन्त्रणको लागी पठाएको प्रहरी शक्ति पनि आगो नियन्त्रण गर्न नसकिने अवस्था देखेपछी राती नै फर्केको थियो । आगलागीबाट कुनै मानबिय क्षति नभएपनि रानीबन आसपासको जंगलका थुप्रै बनस्पती र बन्यजन्तु नष्ट भएका छन । आगलागीको कारण एकिन नभएपनि खरबारीमा स्थानियले पातपतिङ्गर जलाउने क्रममा आगोलागीभएको अनुमान गरीएको छ । सशस्त्रप्रहरी वलकालिका गणको ३० सदस्य एक टोली आगोलाई नियन्त्रण गर्न लागि परे पनि आगो लागेको स्थान भिर भएकोले हालसम्म आगोलाई नियन्त्रण गर्न नसकिएको सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनिका बाहिनीपति कृष्णभक्त ब्रह्रमचार्यले बताए । मानव बस्ती केहि टाडा रहेकोले मानव वस्ती संरक्षकणको लागि टोलीले पुर्व सावधानी समेत अपनाएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button