पोखरामा शुक्रबारदेखि नेपाल स्पोर्टस फिल्म फेष्टिवल हुने

सन्देश श्रेष्ठ
पोखरा, १६ बैशाख –

पोखरामा शुक्रबार नेपाल स्पोर्टस फिल्म फेष्टिवल हुने भएको छ । नेपाल पर्यटन वोर्डको आयोजनामा फेष्टिवल हुन लागेको हो । फेष्टिवलमा नेपालका चारवटा खेलकुद वृत्तचित्र प्रदर्शन गरिने आयोजक नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

फेष्टिवलमा ‘टिम नेपाल’, ‘आकाश’, ‘सुनकली’ र ‘वियोन्ड दि बाउण्ड्री’ प्रदर्शन गरिने पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए । बिरगञ्जमा स्थानिय फुटवल टिमको गतिविधी र संघर्षमा आधारित ‘टिम नेपाल’ खेल पत्रकार गिरिश गिरीले निर्माण हुन् भने बिजय गजमेरले निर्माण गरेको ‘आकाश’ एउटा फुटवल फ्यानको सपनामा आधारित वृत्तचित्र हो ।

त्यस्तै, मुगुमा स्थानिय महिला फुटवल टिम च्याम्पियनसीप बन्दासम्मको गतिविधीलाई समेटेर बनाइएको ‘सुनकली’ भोजराज भाटले निर्माण गरेका हुन् । क्रिकेटर शरद भेस्वाकर र राहुल विकको राष्ट्रिय टिममा पुनरागमनको विषयमा निर्माण गरिएको ‘वियोन्ड दि बाउण्ड्री’ सूर्य थपलियाले निर्माण गरेको वृत्तचित्र हो । थपलिया पर्यटन वोर्ड क्षेत्रीय कार्यालयका बरिष्ठ अधिकृत हुन् ।

वृत्तचित्र प्रदर्शनपछि वृत्तचित्र निर्माण सम्बन्धि वर्कसप पनि सञ्चालन गरिने बरिष्ठ अधिकृत थपलियाले जानकारी दिए । वृत्तचित्र के हो ? कसरी बन्छ ? र यसको उपादेयता के हो ? भन्ने बारेमा बुझाएर यसको निर्माणमा पनि झकझकाउन फेष्टिवल आयोजना गरिएको उनले प्रष्ट्याए । साथै वृत्तचित्र सम्बन्धि वर्कसपले पोखरामा पनि खेल गतिविधीलाई समेटेर डकुमेन्ट्री निर्माणमा प्रेरित गर्न सघाउने उनले विश्वास व्यक्त गरे ।

फेष्टिवलमा खेलाडीहरु, खेल क्षेत्रका निर्णायक तहमा रहने व्यक्तिहरु, चलचित्र क्षेत्र, पर्यटन र आम खेलप्रेमी सबैलाई सहभागि गराउने प्रयास गरिने पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button