कन्दराले अब मेमोरी कार्ड र पेन ड्राइभमा गित दिने

पोखरा, २३ चैत्र –

क्यासेट चक्का मार्फत गीतसंगित सुन्ने प्रचलनलाइ प्रविधिको विस्तार संगै सिडी (कम्प्याक्ट डिस्क ) ले बिस्थापित गरेसंगै कपी पेष्ट गरि मेमोरी कार्ड र पेन ड्राइभमा राखी  सुन्न पाइएको भएतापनि अब भने सिधै गीति  एल्बम मेमोरी कार्ड र पेन ड्राइभमा किन्न पाइने भएको छ ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखराको चर्चित ब्याण्ड ‘कन्दरा’ का भोकलिस्ट विवेक श्रेष्ठले आफुहरुले अब मेमोरी कार्ड र पेन ड्राइभ मार्फत एल्बम बिक्रि वितरण गर्न लागेको बताएका हुन। करिब एक दशक पछि ‘कन्दरा’ आफ्नो नयाँ एल्बम ‘भेडी गोठैमा’ मार्फत भर्खरै बजार आएको हो। पहिला मानिसले क्यासेट प्लेयर बाट गित सुन्थे पछि सिडी मार्फत सुन्न थाले अहिले क्यासेट प्लेयर हराइसक्यो सिडी प्लेयर पनि सबै संग हुदैन भन्दै उनले यो समस्या समाधानका लागि आफुहरुले मेमोरी कार्ड र पेन ड्राइभ मार्फत गित दिन लागेको जनाए।

कार्यक्रममा सांगीतिक जगतमा रहेको पाइरेसी, रोयेल्टी जस्ता बिषयमा सचेतना जगाउने उधेश्यले संगीत समस्या समाधान नामक सांगीतिक सचेतना यात्राबाट देशको बिभिन्न ठाउमा आफुहरुले कार्यक्रम गर्न लागेको श्रेष्ठले बताए। यात्राको क्रममा कन्दराले पृथ्वीनारायण क्याम्पस पोखरामा चैत्र २८ गते कार्यक्रम गर्ने भएको छ ।

सन १९९२ मा स्थापना भएको उक्त व्याण्डले नेपाली संगीत उद्योगमा लोक पप संगीतलाई स्थापित गर्न मार्गदर्शन भुमिका समेत खेल्दै आएको व्याण्डको दाबी छ । सरल लोकशब्द, हृदयस्पर्शी, आवाजको प्रस्तुतीले लेककी हे माया…., हङकङ पोखरा…., तगारोमा रुमाल राखि…, तिमी पारी त्यो गाँउमा…, विदेशिएर गईन उनी…, चच्चले कान्छीको जीवन… लगायतका अजम्वरी गितहरु प्रस्तुत गरेको व्याण्डले गित लेखनमा नेपालकै चर्चीत कवि तथा गीतबारबाट उत्पादित गितहरुलाई प्रथामिकता दिएको हो । एक दशक जसो सुस्ताएको उक्त व्याण्ड पुनः जुर्रमुराउदै छ, उक्त व्याण्डमा हाल विवेक श्रेष्ठ, सुनिल थापा, र बुद्धिराज बज्राचार्य सकृय सदस्यको रुपमा रहेका छन । सहयोगि सदस्यमा अमित गुरुङ, असिम शेरचन, मानिकमान सिंह र सुन्दर महर्जन रहेका छन भने संस्थापक सदस्यमा विजय गुरुङ, सुनिल भट्टचन, आनन्द तझ्या र दिपकराज मुल्मी रुहेका छन । त्यसै गरी ओमर गुरुङ र सदिप तुलाचन पुर्व सदस्य हुन । नेपाल सांगीतिक तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन वोर्डले उक्त कार्यक्रममा सहयोग गरेका छन भने क्याम्पसमा हुने कार्यक्रमको व्यबस्थापनमा पृथ्बीरानायण क्याम्पसको अनेरास्ववियूले जिम्मा लिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button