पोखरा, १ बैशाख –
रुपन्देहि ११ लाई पराजित गर्दै झापा ११ पोखरामा जारीे मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा झापाले रुपन्देहिलाई एक गोलको बिरुद्ध तीन गोल गरेको हो ।
झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तानले एक एक गोलको योगदान दिएभने रुपन्देहिको तर्फबाट द्रोण थापाले गरेको एक गोल शान्त्वना गोलमा परिणत भयो । खेलको ३२ औं मिनेटमा झापा ११ का कर्ण लिम्बुले वान भर्सेज वान गोल गरी गोलको खाता खोले । पेनाल्टी एरीया नजिक रहेका उनले विपक्षि गोलरक्षक दिलिप क्षेत्रीलाई छल्दै गोल गरेका हुन । खेलको ४१ औं मिनेटमा रुपन्देहिका द्रोण थापाले एक गोल गरी खेल बराबरीमा पुराए । थापाले अजय विकको पासमा भलि गोल गरेका हुन ।
पहिलो हापमा दुबै तर्फ एक ÷एक गोल भए पनि दोश्रो हापको अन्तिम ५ मिनेट सम्हालिन नसक्दा रुपन्देहि यस बर्ष पनि मनकामना केबुलकार पोखरा कपमा सहभागिसंगै पहिलो चरणबाट बाहिरिनु पर्यो । खेलको ८५ औं मिनेटमा देवेन्द्र तामाङले हेड गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रबेस कटुवालले मैदानको करीब मध्यभागबाट प्रहार गरेका फ्रिकिक वललाई पोष्ट नजिकै रहेका तामाङले वललाई पोष्टमा दिशा दिएका हुन । खेलको ईन्जुरी समयको एक मिनेटमा प्रबेस कटुवालले हानेको कर्नर वललाई दिलेन लोप्तानले हेड मार्फत गोल गरी जित सुनिस्चित गरे । खेलको दोश्रो हापसंगै हावा हुरी केहि वेर चलेको थियो तर खेल भने स्थगीत भएन ।
रुपन्देहिका प्रशिक्षक जयराम सापकोटाले दोश्रो हाप पछि खेलको समयमा हावा हुरी लागेका कारणले गर्दा आफुहरुका जुनियर खेलाडीहरुले राम्रो ताल मिलाउन नसकेर आफुहरु पराजित हुनु परेको बताए । गत बर्षको खेलमा रुपन्देहि पहिलो चरणमा पुलिससंग सडेन डेथमा पराजित भएको थियो । झापा ११ का प्रशिक्षक एवं कप्तान प्रबेस कटुवालले आफुहरुसंग अनुभवी खेलाडीहरुको केहि अवसरहरु खेर गएकोले जित निकाल्न समय लागेको बताए । अर्को खेलमा राम्रो खेल प्रदर्शन गर्ने उनले बताए । भोलि विहिबार घरेलु टिम पोखरा ११ र धरान फुटवल क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक मिनल गुरुङले बताए ।
प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँप्रदानगरिने प्रतियोगिताका संयोजकमिलन गुरुङले बताए । यसअघीबिजेतालाई ३ लाख ५५ हजार प्रदानगरिदै आएको थियो भने यस वर्ष पुरस्कारको राशीमा १ लाख ५० हजार रुपैयाँ बृद्धि गरीएको एन्फाकास्कीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने भएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनहि १५÷१५ हजारका दरले नगद सहित ट्रफी प्रदानगरिने भएको छ ।





