लेकसाइड दोजाङ्गद्वारा सरसफार्ई

पोखरा, २२ जेठ –

लेकसाइड दोजाङ्गले विश्व वातावरण दिवसको पूर्वाद्र्धमा सरसफाई तथा पेटी परिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान दोजाङ्गमा आवद्ध विद्यार्थीहरुले फेवाताल वरपर सरसफाइ गरेका हुन् । उनीहरुले फेवाताल किनारमा तैरिएर रहेका बोत्तल तथा ताल किनारमा उम्रिएको झाडि फडान गरे ।

त्यसैगरि हालै पोखरा रंगशालामा सम्पन्न तेक्वान्दो रनिङ्गशिल्डमा पदक विजेता दोजाङ्गका खेलाडीहरुलाई पनि सम्पन्न गरियो । उक्त प्रतियोगितामा स्वर्ण जितेका धनबहादुर श्रेष्ठलाई नगद १ हजार तथा रजत पदक जितेका सौगात पौडेललाई फुटवल प्रदान गरिएको थियो । दोजाङ्गका अनुशासित खेलाडीहरु अनुष्का पहारीलाई दोबक (तेक्वादो पोशाक ) र निशान कार्कीलाई व्याडमिण्टन दिइएको थियो । उनीहरुलाई नागरिक समाज वडा नम्वर ६ का सदस्य अनिल थापा, फेवा डुंगा व्यवसायि समितिका सचिव विष्णु पहारी लगाएतले पुरस्कार वितरण गरे ।

३७ विद्यार्थीविच पेटी परिक्षण भएको थियो । कास्की जिल्ला तेक्वान्दो संघका सदस्य बलराम लामाले उक्त परिक्षा लिएका थिए । सेतो देखि सातो पेटिसम्मका खेलाडीहरुविच पेटी परिक्षा गरिएको दोजाङ्ग प्रमुख प्रितम कुँवरले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button