नवलपरासी, २२ जेठ –
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अब देशलाई निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई आज नवलपरासीको गैंडाकोटमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भई अघि बढ्नुको विकल्प छैन ।” वर्तमान सरकार राष्ट्रिय सहमतिका साथ अघि बढ्न नखोजेको आरोप लगाउँदै उहांले नेपाली काँग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको जिकिर गर्नुभयो । नेपाल विद्यार्थी सङ्घ गुटगत राजनीतिमा लागेको भन्दै महामन्त्री कोइरालाले पार्टीले नेवि सङ्घ विघटन गर्न सक्ने चेतावनीसमेत दिनुभयो ।
कार्यक्रममा नेविसङ्घका अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, देवेन्द्रराज कँडेललगायतले नेवि सङ्घको छिटो महाधिवेसन हुनुपर्नेमा जोड दिएका थिए ।
आइतबारसम्म चल्ने प्रशिक्षणमा स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, नवलपरासी, गोरखा, म्याग्दी, तनहुँका नेवि सङ्घका २२० कार्यकर्ताले प्रशिक्षण लिने आयोजक नेवि सङ्घ नवलपरासीका सचिव अबिनाश रेग्मीले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution