महिला हिंसा न्यूनीकरण गर्न प्रशिक्षण

काठमाडौँ, २४ जेठ –

महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाका ७० महिलालाई ‘महिला अधिकार र लैङ्गिक हिंसा’ विषयको दुईदिने प्रशिक्षण सुरु भएको छ ।

सशक्त महिला सशक्त समाजले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका १४ वडाका महिला सहभागी छन् । प्रशिक्षणमा अधिवक्ता अनिता चापागाईंले ‘नेपालमा घरेलु हिंसा र वर्तमान अवस्था’, अधिवक्ता विष्णु बस्यालले ‘नेपालको संविधान र कानुनमा महिलाको अवस्था’ र प्रहरी निरीक्षक कोपिला ढकालले ‘महिला हिंसा न्यूनीकरण गर्न प्रहरीको भूमिका’ विषयमा प्रशिक्षण दिनुहुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद रामेश्वर फुयाँलले घरबाट बाहिर निस्कनु चुनौतीपूर्ण भएका बेला राजनीतिमा लागेकाहरुको कथालाई प्रेरणाका रुपमा लिएर महिला अघि बढ्नुपर्ने बताउनुभयो ।

“प्रशिक्षणले महिला हिंसा न्यूनीकरणमा जनचेतना जगाउने विश्वास छ”– उहाँले भन्नुभयो । समाजका अध्यक्ष सम्झना फुयाँलले मङ्गलबारसम्म चल्ने प्रशिक्षपछि महिला हिंसामा कमी आउने आशा व्यक्त गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button