काठमाडौं, २५ जेठ –
नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार विहान निधन भएको छ।
ग्रान्डि अन्तराष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत गुरुङको आज राति दुइ बजेर ३७ मिनेट जाँदा निधन भएको अस्पतालले औपचारिक जानकारी दिएको छ । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार उपचारको लागि ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा पुरयाइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तराष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा।डा। अर्जुन कार्कीको टिमसँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा। राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराईरहनु भएका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution