फिल्म ‘तिमी नभए’ प्रर्दशनको तयारी

पोखरा, २८ जेठ –

हंग्रीआई फिल्म प्रोडक्शनको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘तिमी नभए’ प्रर्दशनको तयारीमा छ । पोखरा आसपासमा छांयाकन गरिएको यो फिल्मबाट दर्शकको अपार माया मिल्नेमा निर्माण पक्ष विश्वस्त छन् । सोम गुरुङ, सविना गुरुङ, अनुता गुरुङ, युबिनजंग गुरुङ, विश्वास गुरुङ, सनम गुरुङ, प्रतिमा गुरुङ, युगजंग गुरुङ, गौरी गुरुङ लगायतको अभिनय यो फिल्ममा हेर्न पाइने छ । नौजङ्ग गुरुङको कथा र निर्देशन फिल्ममा छ ।

timi navaya 2

फिल्मको निर्मातामा माष्टर गणेश बहादुर गुरुङ, किशोर गुरुङ, अनु गुरुङ, प्रताप गुरुङ, सन्तोष गुरुङ, डम्बरजंग गुरुङ, रहेका छन् । लेखन तथा सहनिर्देशन सोम बहादुर गुरुङ, पटकथा तथा संवाद समिप तिमिल्सिनाको र द्धन्द्ध राजु किरातीको रहेको छ । बसन्त सापकोटा र मन क्षेत्रीको गीत, सापकोटाकै संगीत र जसू गुरुङ र रसिला गुरुङको नृत्य निर्देशन फिल्ममा हेर्न पाइनेछ । फिल्मलाई सन्तोष कोन्मेले खिचेका हुन् । सम्पादन समेत सन्तोषलेनै गरेको यो फिल्मका दृश्यले दर्शकको मन सजिलै जित्ने उनको दावी छ ।

फिल्मको प्रर्दशन आगामी जुलाई १ मा यामालाई कम्युनिटि हल हङकङ र जुलाइ १० मा निरमाया रोधी घर युकेमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । विदेशको प्रर्दशन प्रश्चात नेपालमा फिल्म प्रर्दशन हुने निर्माण पक्षको भनाइ छ । फिल्मको ‘नाकैमा लाउनी बुलाकी’ बोलको गीतलाई दर्शकश्रोताले रुचाएका छन् । यसैगरी फिल्मको शिर्ष गीत ‘तिमी नभए’बाट दर्शकको साथ झनै मिल्ने निर्माण पक्षको अपेक्षा छ । शशान कँडेलको निर्देशन रहेको यो गीतको कोरीयोग्राफरको जिम्मा रसिला गुरुङले निभाएकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button