अन्तरविद्यालय कराते प्रतियोगितामा प्रकाश र सुजितालाई स्वर्ण

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३१
Post Thumbnail

काठमाडौं, ३१ जेठ –

नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।

जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले नेपालकै निर्मल पुन तथा सुजिताले भारतकी हर्लिन प्रित कौरलाई पछि पारे ।

एकल काताको यु–१० ब्वाइजमा नेपालका सचिन गुरुङ र गल्र्समा भारतकी विसार प्रित कौर, यु–१२ ब्वाइजमा नेपालका सन्तोष केसी, यु–१४ ब्वाइजमा भारतका जसकरण प्रित र गल्र्समा नेपालकी हृदय राई तथा यु–१६ ब्वाइजमा नेपालका सोनु थापाले स्वर्ण जिते । गोंगबुस्थित आयोजक पारामाउन्टको हातामा भएको प्रतियोगिताको ब्वाइज टिम कातामा नेपालका इन्टेन्सिभ स्कुल पहिलो र आयोजक पारामाउन्ट दोश्रो भए।

प्रतियोगिताको पूर्व मन्त्री एवं सांसद अर्जुननरसिंह केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा डब्लुजीकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफल केन्वाकाइ संघ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते संघका महासचिव विआर मित्रलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी पर्शुराम बाँस्तोला, सिमोन खत्री र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कराते खेलको विकास र विस्तारमा योगदान पुरयाएकोमा प्रकाशमोहन धौभडेललगायत पनि सम्मानित भए । उनीहरुलाई सांसद् केसीले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस